#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32004058979117746583623559105
नेपाल678044361741449954

अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् ।

मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् । रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जानकारी दिए । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

रिजालले यस अघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ । आफूले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए ।

भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुर्याउन सक्दो मेहनत गर्ने उनले बताए । कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ । बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ । रिजाल बिहीबार भारतको कोलकातातर्फ गइसकेका छन् ।

सम्बन्धित समाचारहरु