कोरोना अपडेटः विश्वभर ३४ लाख ९७ हजार ४७ संक्रमित, २ लाख ४४ हजार ८७६ को मृत्यु

कोरोना अपडेटः विश्वभर ३४ लाख ९७ हजार ४७ संक्रमित, २ लाख ४४ हजार ८७६ को मृत्यु


जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर २ लाख ४४ हजार ८७६ जना व्यक्तिको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख ९७ हजार नाघेको छ । निको हुनेहरुको संख्या ११ लाख २६ हजार २९१ पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समय अनुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

भारतमा  १३ सयको मृत्यु, ४० हजार संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ । संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।
रासस–एएफपी

Skip This
Logo