#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33055037998721765019424406122
नेपाल718214671834153013

इन्द्रध्वजोत्थानका लागि रुख नकाटिने : जात्रा स्थगित

फाइल फोटो ।

काठमाडौं ।

यस वर्ष इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न रुख नकाटिने निर्णय भएको गुठी संस्थानले जनाएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि इन्द्रध्वजोत्थानका लागि रुख नकाटिएको इन्द्रजात्रा सञ्चालन गर्ने जिम्मेवारी पाएको संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्ने साइत गए राति ९ः२५ बजेको दिएको थियो ।

जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत विहिबार बिहान ११ः१५ बजे दिइएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको समितिले जनाएको थियो । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यसपटक भने कोरोनाका कारण जात्रा स्थगित गरिएको छ । यस दिन उपत्यकामा सार्वजनिक बिदा समेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीन परम्परा छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको थियो । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीड भाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रा समेत हुन सकेको छैन ।रासस

सम्बन्धित समाचारहरु