#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31849775976545742336823449862
नेपाल678044361741449954

प्युठानमा सङ्क्रमणका कारण एक जनाको मृत्यु

प्युठान ।

प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताए।

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि भदौ १ गते उनलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । उनी मधुमेह र र रक्तचापका बिरामी थिए।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार