#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32952046996276763668024319090
नेपाल718214671834153013

‘तिम्रो साथ’ सार्वजनिक (भिडियो)

काठमाडौं ।

निमेश महर्जनको नयाँ गीत ‘तिम्रो साथ’ सार्वजनिक भएको छ । सर्जक महर्जनले आफ्नो दाजुका लागि समर्पित गर्दै तयार गरेका हुन् ।

हर्कुलस बस्नेतको स्वरमा सजिएको गीत सार्वजनिक गर्दै सर्जक महर्जनले लेखेका छन्, ‘ हामी सबै जसो भाग्यशाली छौं, हाम्रो जीवनमा आआफ्नै अभिभावकहरू पनि छन् तर, त्यहाँ कोही व्यक्ति पनि हुन्छ जो, हाम्रा आमाबुबा जस्तै सफलताको कडी भएर उभिएको हुन्छ, ’ महर्जनले आफ्नो सफलतासँग जोड्दै थपेका छन्, ‘यस्तै व्यक्तिहरू मध्ये मेरो जीवनमा मेरो दाजु दिलीप के महर्जन हुनुहुन्छ, जसका कारण आज म यहाँ सम्म पुग्न सफल छु । उहाँकै लागि यी शब्दहरू कोरेको हुँ । उहाँ बिना म कतै हराए झैं हुन्छु।’

महर्जनले अन्त्यमा भनेका छन्, ‘यो गीत यस्तै अभिभावकका लागि अनि सबै संरक्षक, दाजु दिदीहरु र यस्तै विशेष व्यक्तिहरुका लागि समर्पित छ जसले तपाईंको जीवनलाई अन्धकारबाट उज्योलोतर्फ परिवर्तन हुन मद्दत गरिरहेको हुन्छ ।’

सार्वजनिक गीतमा प्रिन्स नेपालीको संगीत उत्पादन रहेको छ । गीतमा कुटुम्ब व्यान्डका रुविन के श्रेष्ठको बाँसुरी तथा रेकर्डीङ, फिरोज बज्रचार्यको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ । गीतको लिरिकल भिडियोलाई सुजित महर्जनले तयार गरेका हुन् । यसअघि सर्जक निमेश मर्हजनले चर्चित सांगीतिक ब्यान्ड ‘कर्मा ब्यान्ड’ मार्फत मौनता बोलको गीत बजारमा ल्याएका थिए । भिडियो यस्तो छ :

सम्बन्धित समाचारहरु