#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30898784959405744087822498501
नेपाल627974011712945267

निषेधाज्ञा जारी भएसँगै नागढुंगामा चेकजाँच कडाइ (भिडियोसहित)

काठमाडौं ।

काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँच कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो ।

उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ । नागढुंगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्रीका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन् । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।

चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ । उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भए पनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ । नाकामा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले लागू हुने गरी निषेधाज्ञा जारी भए पनि उपत्यकाका सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । विहिबारमात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

 

सम्बन्धित समाचारहरु