#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32137108982718744676423707626
नेपाल693014531843750411

टेलिसिरियल ‘डबल रोल’ को प्रशारण आरम्भ (भिडियोसहित)

काठमाडौं ।

सन्तोष बरालको ‘डबल रोल’को पहिलो भाग प्रशारण भएको छ । यसमा सन्तोष बराल, सुजु गौतम, अम्विका फुयाँल, आर. एन. श्रमजिवी, राम भण्डारी, हेमराज सुवेदी, सुष्मिता मैनाली, नारायण थापा, सन्ध्या केसी, वविता पाण्डे, सान्मा शर्मा, सिहान पौडेल र श्रमण श्रेष्ठको अभिनय रहेको छ ।

प्रवासमा रहे पनि आफ्नो देशको कला संस्कृतिलाई भने उनले बिर्सेका छैनन् । त्यसैले त आफ्नो व्यवसाय र जागिरको अलावा कलाकारितालाई पनि आफ्नो कर्म बनाएको उनले बताए । बरालले एक दर्जन टेलिबिज्ञापन र आधा दर्जन म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् ।

करिब डेढ दर्जन टेलिसिरियलमा अभिनय समेत गरिसकेका बराल बैदेशिक रोजगारीको सिलसिलामा युरोपमा आएपछि उनको नेपाली टेलिभिजनसँगको सम्बन्ध टुट्न गयो । नेपाली हाँस्य विधामा भएको उनको रुचिले सधैं उनलाई घचघच्याई नै रह्यो, जसको फलस्वरूप उनले आफ्नै युट्युब च्यानल कमेडी हब नेपालमार्फत डबल रोल सिरियलको शुभारम्भ गरे। डबल रोलको पहिलोभाग यस्तो छ :

सम्बन्धित समाचारहरु

ताजा समाचार