#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32952046996276763668024319090
नेपाल718214671834153013

कोरोना अपडेटः विश्वभरी २ करोड २२ लाख संक्रमित

जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विश्वभरीको कुल संक्रमित संख्या २ करोड २२ लाख ५६ हजार २ सय २० पुगेको हो ।

ती मध्ये दुई लाख ६३ हजार ६ सय १ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु ६ हजार ५ सय ५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ लाख ८२ हजार ४ सय ५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको संक्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा संक्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।– रासस एएनआई)

सम्बन्धित समाचारहरु