प्रवासमा खोज पत्रकारिता गर्न ‘खोपके’ को अनुरोध

प्रवासमा खोज पत्रकारिता गर्न ‘खोपके’ को अनुरोध


काठमाडौं ।
खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

युरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालीम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले प्रवासी नेपालीको पीडालाई ध्यान दिई विषयको उठान गर्न सुझाव दिइन् । तालीममा खोज पत्रकारिताको महत्व, तरिका, विषयवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो ।रासस

Logo