किन कम देखियो महिलामा कोभिड-१९ संक्रमण ?

किन कम देखियो महिलामा कोभिड-१९ संक्रमण ?


काठमाडौं ।
नेपालमा हालसम्म नौ महिलामा कोभिड–१९ पोजेटिभ देखिएको छ । संक्रमित पुरुषको संख्या ५० पुगिसकेको छ । नेपालमा मात्र होइन विश्वमा नै पुरुषभन्दा महिलामा संक्रमितको संख्या कम देखिएको अध्ययनले देखाएको छ । नेपालमा हालसम्म दोस्रो, पाँचौ, छैठौं, सातौं, १३ औं, १६ औं, ४१ औं, ४२ औं, ४७ औं संक्रमित महिलामा संक्रमण देखिएको छ ।

किन महिलामा संक्रमण कम देखियो त ? परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतम भन्छन्ः

– महिलाको रोग प्रतिरोधात्मक क्षमता बढि हुनु
– मधुमेह, फोक्सोको रोग महिलामा कम हुनु (ती भएका व्यक्तिलाई संक्रमण बढि हुनु)
– धुमपान मध्यपान गर्ने पुरुषभन्दा महिला कम
– ‘आउट डोर जब’ पुरुषको भन्दा कम हुनु (भित्र बसेर गर्ने काम महिलामा धेरै )
– सरसफाईमा महिलाले बढी ध्यान दिनु
– महिलाहरुले बढी भनेको मान्नु

प्रसुति रोग विशेषज्ञ समेत रहेका प्रा.डा. गौतमले भने, ‘कोभिड १९ लाई मध्यनजर गर्दै श्रीमान् स्वस्थ छ भने यौन सम्पर्क (सेक्सीयूल्ली कन्ट्रयाक्ट) गर्दा केही फरक पर्दैन । यो एचआईभी जस्तो सेक्सीयूल्ली ट्रान्समिट डिजेज होइन । पार्टनर स्वस्थ भए संक्रमण फैलिदैंन । ’

नेपालमा भौगोलिक बातावरण उपयुक्त हुनु, रोग प्रतिरोधात्मक क्षमता बढी हुनुले पनि संक्रमण नफैलिएको सरुवा रोग विशेषज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ प्रा.डा.जीवन बहादुर शेरचन संक्रमण नफैलिनुमा नेपालको भौगोलिक बातावरण उपयुक्त भएको बताउँछन् । उनले भने, ‘हामीमा रोगसँग लड्ने क्षमता पनि धेरै छ । अर्को कुरा भौगोलिक वातावरण पनि राम्रो छ ।’राजधानीबाट

Logo