नौ वर्षपछि सोभित बस्यालको कम ब्याक, ‘खुशी फर्काइ देउ न’ सार्वजनिक (भिडियोसहित)

नौ वर्षपछि सोभित बस्यालको कम ब्याक, ‘खुशी फर्काइ देउ न’ सार्वजनिक (भिडियोसहित)


पोखरा ।

पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी सांगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाट नै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो ।

श्रोता, दर्शकको माया र साथले उनी हौसिए पनि । ०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । यसले पनि उनलाई धेरै माझ चिनायो । त्यसपछि जन्मियो ‘न्युरोड’ एल्बम ।

करिव ९ वर्ष अगाडि आएको पहिलो एल्बम न्युरोडले उनको सांगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरिएको यस एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानी नौं, आउँछ्यौ की, तिम्रो माया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।

यसबीचमा बेला–बेलामा उनलाई सांगीतिक क्षेत्रमा लाग्ने रहर पुनः पलाउदै नपलाएको भने होइन । उनी एउटा अवसरको खोजीमा थिए । जुन अवसर विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ ले सिर्जना गर्यो । सोभित नौ वर्षपछि पुनः सांगीतिक क्षेत्रमा कमब्याक भए । ‘खुशी फर्काइ देउन’ गीत मार्फत ।

कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न यो गीत तयार भएको हो । गीतको रचना संगीत समेत बस्याले नै गरेका हुन् । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई उत्कृष्ट बनाउन सुरज श्रेष्ठले मिहेनत गरेका छन् ।

अब भने सांगीतिक क्षेत्रमा निरन्तरता दिने उनको तयारी छ । पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिने सोभितले जनाए । ‘अब म नौ वर्षपछि सांगीतिक क्षेत्रमा कमब्याक भएको छु, अब भने सांगीतिक क्षेत्रमा निरन्तरता दिने हो’ उनले भने ।

चलचित्रमा अभिनयसमेत गर्न भ्याएका बस्यालले २० वटा म्यूजिक भिडियो निर्देशन समेत गरिसकेका छन् । उनले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडियो एवार्ड जितेका थिए । पछिल्लो समयमा परिचय नेटवर्क अनलाइनका सञ्चालक समेत रहेका उनी परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुन् । हेरौं गितको म्युजिक भिडियो :

Logo