#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347801911608551034445131972713
नेपाल15983086243293115675
फाइल फोटो
काठमाडौं ।नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएको छ ।काँग्रेसले आज एक विज्ञप्तिमार्फत रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।यस्तै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै पार्टीले सो घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ ।प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताएका छन् । यसैगरी काँग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

काँग्रेसद्वारा रौतहट र मोरङ घटनाको अनुसन्धान गर्न माग

फाइल फोटो

काठमाडौं ।

नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

यस्तै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै पार्टीले सो घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ ।

प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताएका छन् । यसैगरी काँग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचारहरु