#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31280603965668746014722854788
नेपाल652764271761147238

नेपालमा कोरोना संक्रमित १२ ‘हाइ प्रोफाइल’ पूर्वमन्त्रीदेखि उधोगपतिसम्म (भिडियोसहित)

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ । नेपालमा दोस्रो कोरोना पोजेटिभ केश देखा पर्नासाथ सरकारले यसको रोकथामको लागि गत चैत ११ गतेबाट चार महिनासम्म देशभर लकडाउन घोषणा गरेको थियो ।

यस अवधिमा लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर बनेकाले अरू विकल्प खोज्नुपर्ने आवाज उठ्यो । अन्ततः सरकारले साउन पहिलो हप्तामा लकडाउनको अन्त्य गर्याे तर यहि लकडाउन अन्त्यसगै मानिसहरुको चहलपहल पनि बढ्दै गयो त्यसैले कोरोना संक्रमण दर पनि बढ्दै गएको छ । यसरी सर्वसाधारण तथा विदेशबाट नेपालमा आउने नागरिकहरुमा मात्रै संक्रमण देखिँदै आएकोमा करिब एक महिनादेखि प्राय ठूलो भीडभाडमा नपुग्ने र सुरक्षा घेरामा रहने ‘भीआइपी’ हरूमा पनि देखिन थालेको छ ।

यो सामाग्री तयार पार्दासम्म नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । जसमध्ये २० हजार ४ सय ४२ जना निको भएर घर फर्केका छन् भने १ सय ९५ जनाको मुत्यु भएको छ । हालसम्म प्रतिनिधि सभाका ४ सांसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र प्रदेशका १ मन्त्री, बागमती प्रदेशकी उपपसभामुख र दुई सांसद संक्रमित भएका छन् । कोरोना संक्रमित हुनेमा सर्वसाधारणदेखि सांसद, उधोगी, संवैधानिक निकायका प्रमुखदेखि पूर्वमन्त्रीसम्म रहेका छन् । हेरौँ पूरा भिडियोः

सम्बन्धित समाचारहरु

ताजा समाचार