#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31935983978063743458123523339
नेपाल678044361741449954

प्रदेश नं १ मा ९५ सङ्क्रमित थपिए, प्रदेश नं २ मा दुई जनाको मृत्यु

विराटनगर ।

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक दिनमा विराटनगरमा ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आइतबार थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एक, एक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चार चार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित तीन हजार

प्रदेश नं. १ मा आजसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३११ पुगेको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेशका २३ र प्रदेश बाहिरका नौ जना रहेको बताइएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट नौ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार १७६ जनाको पिसिआर परीक्षण भई हालसम्म ८७ हजार ५९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनकपुर ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरीमा एक ६० वर्षीया महिला र रौतहटमा एक ३० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८६ जनाको मृत्यु भइसकेको हो ।

सोही अवधिमा सप्तरीमा चार, सिरहामा दुई, धनुषामा ७१, महोत्तरी र सर्लाहीमा ३५/३५ जना, रौतहटमा एक, बाराबाट ३० र पर्सामा ४९ जना गरी २२७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्ख्यासमेत गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार २२ पुगेको छ । सोमध्ये आज ११४ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ८४९ पुगेको छ ।

यस प्रदेश अन्तर्गतका १९६ क्वारेन्टिनमा ६९८ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५७२, आइसोलेसनमा एक हजार ३२ र होम आइसोलेसनमा चार हजार ५५ जना रहेको सो मन्त्रालयले जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु