#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697734956446740139922339889
नेपाल615933901738343820

निषेधाज्ञाको १२ औँ दिनः यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको आज १२ औँ दिन पुगेको छ । गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको थियो ।

दोस्रो पटक एक हप्ताका लागि थप भएको निषेधाज्ञाका कारण उपत्यकामा सडकहरु सुनसान भएका छन् । निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरिरहेको देख्न सकिन्छ भने अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोक्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा आएका छन् ।

प्रशासनले अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन गर्न अनुमति दिएपनि अटेरी गर्ने बढेपछि प्रहरीले कडाई गरेको छ । प्रशासनले बिहान सवा ९ बजेसम्म मात्रै पसल खोल्न अनुमति दिएको छ । तर भित्रि गल्लीहरुमा लुकिछिपी पसलहरु सञ्चालनमा आएका छन् । कोरोना संक्रमण बढेसँगै गत बुधबार काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।

तस्वीरहरु केन्द्रबिन्दु अनलाइन

सम्बन्धित समाचारहरु

ताजा समाचार