#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333195661002524767503224642010
नेपाल733944771901953898

समाज लघुवित्तको आइपिओ: ४ लाख ६७ हजारको हातमा लाग्यो शून्य, ८ हजार ७० जना भाग्यमानी 

समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ वितरण भएको छ। बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरेको हो  ।

गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र समान १० कित्ताको दरले शेयर पाएका छन् । ४ लाख ६७ हजार २ सय २८ आवेदक भने हातखाली भएका छन्  ।

कम्पनीको आईपिओमा ५ लाख ४७ हजार ९ सय २८ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ५५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका ५ लाख ४७ हजार ३ सय ७० जना योग्य आवेदकलाई गोलाप्रथामा सामेल गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको हो  ।

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।

बाँकी रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार