चौहत्तर हजारलाई दियो काठमाडौं महानगरपालिकाले राहत

चौहत्तर हजारलाई दियो काठमाडौं महानगरपालिकाले राहत


काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ ।

विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो ।

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ । महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ । प्रशासन प्रमुख ढकालका अनुसार यो विवरण सोमबारसम्मको हो ।रासस

Logo