#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।कूल ऋणपूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरुलाई नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्न आधिकारिक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर तथा भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय वा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज प्राप्त गर्न सक्छन् ।कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र सावाँ पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ । कुनै पनि कम्पनीलाई थप पूँजीको आवश्यकता प¥यो भने ऋणपत्र निष्काशन गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा निष्काशन गर्नपर्ने व्यवस्था गरेको छ ।बैंकहरुले लगानीयोग्य रकम (तरलता) को अभाव हुँदा ऋणपत्रमा निष्काशन गरी थप पूँजी जुटाएर लगानी गर्ने गर्छन् । यस्तो ऋणपत्रमा ९/१० प्रतिशत ब्याजदर दिइएको हुन्छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गर्न थालेका छन् ।वाणिज्य बैंकहरुले अर्धवार्षिक तथा बार्षिकरुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्षे अवधि सम्मका लागि ऋणपत्र निष्काशन गर्दै आएका हुन्छन् । ऋणपत्र सुरक्षित लगानी मानिन्छ । त्यसैले ऋणपत्र खरिद गर्न फाइदाजनक मानिन्छ । कम्पनी नोक्सानीमा गए पनि ऋणपत्रधनीलाई अनिवार्य ब्याज दिनुपर्ने हुन्छ । वार्षिक रुपमा एकनासको आम्दानी हुने भएकाले ऋणपत्रको लगानी सुरक्षित मानिन्छ ।

के हो ऋणपत्र ? यस्ता छन् यसका फाइदा

काठमाडौं ।

कूल ऋणपूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरुलाई नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्न आधिकारिक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर तथा भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय वा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज प्राप्त गर्न सक्छन् ।

कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र सावाँ पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ । कुनै पनि कम्पनीलाई थप पूँजीको आवश्यकता प¥यो भने ऋणपत्र निष्काशन गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा निष्काशन गर्नपर्ने व्यवस्था गरेको छ ।

बैंकहरुले लगानीयोग्य रकम (तरलता) को अभाव हुँदा ऋणपत्रमा निष्काशन गरी थप पूँजी जुटाएर लगानी गर्ने गर्छन् । यस्तो ऋणपत्रमा ९/१० प्रतिशत ब्याजदर दिइएको हुन्छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गर्न थालेका छन् ।

वाणिज्य बैंकहरुले अर्धवार्षिक तथा बार्षिकरुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्षे अवधि सम्मका लागि ऋणपत्र निष्काशन गर्दै आएका हुन्छन् । ऋणपत्र सुरक्षित लगानी मानिन्छ । त्यसैले ऋणपत्र खरिद गर्न फाइदाजनक मानिन्छ । कम्पनी नोक्सानीमा गए पनि ऋणपत्रधनीलाई अनिवार्य ब्याज दिनुपर्ने हुन्छ । वार्षिक रुपमा एकनासको आम्दानी हुने भएकाले ऋणपत्रको लगानी सुरक्षित मानिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार