कोरोना भाइरसबारे डब्लुएचओले सार्वजनिक गरेका ५ तथ्य

कोरोना भाइरसबारे डब्लुएचओले सार्वजनिक गरेका ५ तथ्य


  • सरोज बस्याल

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार एक नयाँ चेतावनी दिँदै अहिलेसम्मको अवस्थामा कोरोना भाइरसबाट ठिक हुने बिरामीको शरिरमा बनेको एन्टीवडीले पुनः कोरोना भाइरसको संक्रमणबाट बचाउन नसक्ने उल्लेख गरेको छ । डब्लूएचओले यो पनि उल्लेख गरेको छ , एक पटक कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिलाई पुनः संक्रमण हुँदैन भन्ने कुरामा अझै पनि शंका छ ।

केही समय पहिले कोरोना भाइरसबाट निको भएका व्यक्तिको शरिरमा एन्टीवडीको विकास हुने सम्भावना भएकाले सोही एन्टीवडीले भाइरसबाट पुनः संक्रमण हुनबाट बचाउने बताइएको थियो । यसकै आधारमा विश्वभर प्लाज्मा थेरापीबाट कोरोना भाइरसको उपचार गरिदैँ आइएको थियो ।

भारतमा पनि केरला, दिल्ली, राजस्थान लगायतका राज्यमा ठिक भएका बिरामीको एन्टीबडी युक्त प्लाज्मा अन्य संक्रमित बिरामीलाई दिइएको थियो । डब्लूएचओका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघि सकेको छ भने संक्रमितको संख्या ३० लाख ६५ हजार १ सय ५६ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् । बाँकी ३८ जना देशका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका छन् ।

डब्लूएचओले कोरोना भाइरस सम्बन्धी पाँच कुरा बाहिर ल्याएको छ:

१ कतिपय देशले सार्स, कोभ–२ भाइरसबाट बन्ने एन्टीवडीले कोभिड–१९ भाइरसको संक्रमणबाट बचाउन सक्ने दाबी गरेका छन् । यही एन्टीवडी विश्वभरका मानिसका लागि काम लाग्न सक्छ पनि भनिरहेका छन् । तर हामी के भन्न चाहन्छौं भने वर्तमान अवस्थामा केही प्रमाण छैन । यस्ता मान्छे जो कोभिड–१९ बाट ग्रस्त भएका हुन् र उनको शरिरमा एन्टीवडी भएपनि पुनः संक्रमणबाट सुरक्षित बनाउन सकोस ।

२ प्राकृतिक रुपमा एक भाइरसबाट मानिसले शरिरमा इम्युनिटि पावर पाउनु लामो प्रकृया हो । सामान्य अवस्थामा ७ देखि १५ दिनसम्म पनि लाग्छ । यो एन्टीवडी वास्तवमा इम्यूनोग्लोबुलिन नामको प्रोटिन हो । यसले शरिरमा टी–सेल्स पनि बनाउँछ । जसले भाइरसबाट संक्रमित अन्य कोशिकालाई खोजेर मार्दछ । यसलाई सेल्यूलर इम्यूनिटी भनिन्छ । एन्टीवडी र टी–सेल्स साथ मिलेर भाइरसको नष्ट गर्न सक्छन् । साथै, यिनीहरुको प्रतिकृया राम्रो भयो भने पछि हुन सक्ने संक्रमणलाई रोक्न पनि सक्छन् । तर कोरोना भाइरसको मामलामा पनि यही लागू हुन्छ अहिले ने भन्नु अलि हतारो हुन्छ ।

३ डब्लूएचओले अहिले सार्स–कोभ २ संक्रमणलाई लिएर मानिसको शरिरमा बनेको एन्टीबडीसँग समीक्षा गरिरहेको छ । अधिकांश अध्ययनबाट यस भाइरसको संक्रमणबाट बच्न उनीहरुका साथमा एन्टीवडी रहेको हुन्छ भन्ने पत्ता लागेको छ । केही मानिसमा भएको रगतमा एन्टीवडीको स्तर धेरै कम हुन्छ । यस्तो अवस्थामा सेल्यूलर इम्यूनिटीबाट रिकबर हुन धेरै मुश्किल हुन्छ । यो पनि महत्वपूर्ण छ कि वैज्ञानिकको कुनै पनि अध्ययनमा अहिलेसम्म यो मूल्यांकन गरिएको छैन । सार्स र कोभ–२ सँग लड्ने एन्टीवडीले पछि हुने संक्रमणबाट हुने जोखिमबाट बचाउँछ कि बचाउँदैन भनेर ।

४ विश्वका कतिपय देशमा बिरामी र स्वास्थ्यकर्मीले भाइरससँग लड्ने एन्टीवडीको परीक्षण गरिरहेका छन् । उनीहरु डब्लूएचओको अध्ययनको समर्थन गर्दछन । किनभने यो संक्रमणसँग लडिरहेकालाई बुझ्न महत्वपूर्ण छ । यसबाट जुन विवरण मिल्छ त्यसले पछि फाइदा पुर्याउने छ । तर चुनौती पनि छ अधिकांश परीक्षण यही तरिकासँग डिजाइन गरिएको छैन । जस्ले गर्दा दोस्रो पटक हुने संक्रमणलाई इम्यूनिटी पावर पत्ता लगाउन सकियोस् ।

५ कोरोना भाइरस संक्रमित व्यक्तिमा तयार हुने इम्यूनिटी पावर पासफोर्ट या रिस्क–फ्री सर्टिफिकेटको ग्यारेन्टी भन्न पर्याप्त प्रमाण छैन । जो मानिस यो मान्छन कि पहिला नै ठिक भयो भने दोस्रो पटक पनि संक्रमणसँग लड्न सकिन्छ । त्यस्ता मानिसले सार्वजनिक स्वास्थ्य सूचनाको पालना गर्दैनन् भने यस भाइरसको संक्रमणको खतरा झनै बढ्ने छ ।

अझै खराव अवस्था आउन सक्छ

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस ग्यामब्रियससले केही समय पहिले अहिलेको भन्दा पनि विश्वभर खराब अवस्था आउन सक्ने चेतावनी दिएका थिए । उनको चेतावनीको पछाडी नयाँ विवरणको आधार मान्ने हो भने पुरै विश्वमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसको कुनै औषधि र भ्याक्सीन बन्न नसक्दा उनीहरुको स्वास्थ्य स्थिति झन लगातार विग्रदै गएको छ ।

बन्दाबन्दीको समय घटाउन हतार नगरौँ

डब्लूएचओका महानिर्देशकले विश्वभरका देशलाई बन्दाबन्दीको समय घटाउन हतार गर्न नहुने भन्दै अपिल गरेका छन् । यस भाइरसको संक्रमण हामी बीच लामो समयसम्म रहन सक्ने भन्दै उनले बन्दाबन्दी खुलाउन हतार गर्न नहुने बताएका हुन् । संक्रमणबाट बच्च कुनै गल्ती नगरी सावधान रहनु पर्ने उनको भनाइ छ । कतिपय देश यस भाइरसबाट लड्न शुरुआत गर्दै भएकाले टेड्रोसले भनेका छन्–‘यो धेरै खतरनाक अवस्था हो । वर्तमान अवस्था सन् १९१८ को जस्तो बन्दैछ । जसमा ६ करोड भन्दा बढी मानिसको ज्यान गएको थियो । तर अहिले हामीसँग प्रविधि छ । अहिले प्रविधिको माध्यमबाट कोरोना भाइरसको संक्रमणबाट बच्न सक्छौ ।’

(एजेन्सीको सहयोगमा)

 

Logo