#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33052084998677764884324404564
नेपाल718214671834153013

कालीकोट पहिरोमा ज्यान गुमाएका प्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं ।

नेपाली काँग्रेसले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउसो गएको पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए ।

काँग्रेसले आज प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी काँग्रेसले कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का पार्टीका क्षेत्रीय सभापति एवं बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । सिंहको आइतबार भैरहवा अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो । काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सिंहले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

साथै सोही जिल्लाको मायादेवी गाउँपालिका–२ का पार्टीका सभापति मोहनीहासन मुसलमानको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । मुसलमानको आइतबार भारतको गोरखपुरमा उपचारका क्रममा ६५ वर्षका उमेरमा निधन भएको हो । मुसलमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

यसैगरी काँग्रेसले पार्टीको पाल्पा—काठमाडौँ सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमानन्द बस्यालका पिता चोपलालको निधनप्रति दुःख व्यक्त गरेको छ । चोपलालको आइतबार समिट अस्पताल, लोकन्थलीमा उपचारका क्रममा ७७ वर्षका उमेरमा निधन भएको हो । बस्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचारहरु