#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31370823966884746583222938107
नेपाल652764271761147238

सिन्धुपाल्चोकको लिदी पहिरोमा बेपत्तामध्ये ३६ को शव फेला

सिन्धुपाल्चोक ।

गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव भेटिएको हो । पहिरोमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

दुई पुरुष र एक महिलाको सोमबार शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

कर्मचारीलाई कोरोना प्रभावित स्थानमा आवत–आवतमा रोक

मेलम्ची नगरपालिकामा नगरस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपूर्ण पाँच निर्णय गरेको छ । सोमबारको बैठकले नगरपालिकाका कर्मचारीलाई काठमाडौँ वा कोरोना प्रभावित स्थानमा आवत–जावतमा रोक लगाउने निर्णय गरेको छ ।

अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि दुई हप्ता होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको छ । बैठकले प्रभावित जिल्लाबाट मेलम्ची प्रवेशका नाकामा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेलाई होम क्वारेन्टिनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ ।

त्यस्तै भदौ ९ गतेको निर्णय अनुसार नै बजार खुल्ने र बिक्री वितरण गर्ने निर्णयलाई यही भदौ १७ गतेसम्म यथावत रहने निर्णय भएको नगर प्रमुख अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचारहरु