#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31878407977155742556523475687
नेपाल678044361741449954

सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत

काठमाडौं ।

‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जितेका छन् ।

महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेका हुन् । सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुन् । उनले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गरेका हुन् ।

दुवैबीच कडा प्रतिस्पर्धा भएको थियो । स्युचाटारको टोलीबाट खेलेकी सञ्जिलाले ६ दशमलव ५६ अङ्क प्राप्त गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो । सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अङ्क तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गरेको प्रतियोगिताका निर्णायक अशोक खड्काले जानकारी दिए ।

यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु पर्यो । सेनामा सिपाही दर्जामा कार्यरत उनी नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित भए । प्रमुबहादुरले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते । दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अङ्क प्राप्त गरे।

प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३ औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन् । सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अङ्क तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य पदक प्राप्त गरे।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।रासस

सम्बन्धित समाचारहरु