#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30358098950636736097422046488
नेपाल595733831624142949

यस्ता छन् यस अघि वामदेवलाई सांसद बनाउन भएका कसरत

फाइल फोटो

काठमाडौं ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि गौतम प्रधानमन्त्री बन्नका लागि निरन्तर प्रयास गरिरहेका थिए । उनी कहिले हुम्लाका सांसद धनबहादुर बुढा तथा काठमाडौं ७ का रामवीर मानन्धरलाई राजीनामा गराएर प्रतिनिधि सभा सदस्य बन्न चाहेको कुरा चर्चामा आएको थियो । कास्की–२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा प्रधानमन्त्री ओलीले उठ्न आग्रह गरे पनि गौतम त्यहाँ आफूले हार बेहोर्ने भन्दै अस्वीकार गरेका थिए ।

२०७५ यताको सार्वजनिक रेकर्ड मात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि पटक–पटक प्रयास गरेको र सबै प्रयास असफल भएपछि राष्ट्रियसभा सदस्यमा नेकपाले गौतमलाई पठाउने निर्णय गरेको थियो ।

फागुन १० मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने र गौतमकै लागि संविधान संशोधनका लागि अनौपचारिक कार्यदल समेत बनाएको थियो । उक्त कार्यदलबारे समाचार बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो ।

आलोचनापछि फागुन १४ मा बसेको सचिवालयको बैठकले कार्यदल भंग गरेको थियो र सोही बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने औपचारिक निर्णय गरेको थियो । तर बैठक सकिएको केही बेरपछि नै प्रधानमन्त्रीले सचिवालयका नेताहरुलाई फोन गरेर उक्त निर्णय नमान्ने बताएका थिए ।

पहिला संविधान संशोधन नगरी राष्ट्रियसभामा जान अस्वीकार गरेका गौतम नाटकीय रुपमा बिना सर्त राष्ट्रियसभा जान किन तयार भए भन्ने प्रधानमन्त्रीको शंका थियो । त्यसैले फागुन १४ को सचिवालय बैठकमा उनले आफूविरुद्ध घेराबन्दी भएको भन्दै त्यसविरुद्ध लड्ने बताएर उक्त निर्णय कार्यान्वयन नगर्ने संकेत दिएका थिए ।

तर, सचिवालयका बहुमत सदस्य पार्टी निर्णय कार्यान्वयन गराएरै छाड्ने रणनीतिमा थिए । त्यसपछि वैशाख १८ मा फेरि सचिवालयको बैठक बस्यो । उक्त बैठकमा ओलीले आफू मिर्गौला पत्यारोपणका लागि हस्पिटल भर्ना हुन लागेको जानकारी गराएपछि उनको स्वास्थ्यलाभको कामनाको निर्णय मात्रै बैठकले गरेको थियो । त्यो बैठकमा दुवै पक्षले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयबारे प्रसंग निकालेनन् । फागुन १९ मा प्रधानमन्त्री अस्पताल भर्ना भए ।

त्यसबेला प्रधानमन्त्री ओलीले नेता गौतम वा राष्ट्रियसभामा कार्यकाल सकिएका अर्थमन्त्री खतिवडा दुवैलाई सिफारिस गरेनन् । अहिलेसम्म उक्त सिट खाली नै छ। प्रधानमन्त्रीले पार्टी निर्णय मान्दिन भनेपछि त्यसलाई लिएर विवाद बढ्दो थियो । ठिक त्यहीबेला वैशाख ९ मा मन्त्रिपरिषद्को सिफारिसमा पार्टी विभाजन खुकुलो हुने गरी २ अध्यादेश जारी भए । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुग्यो ।

वैशाख ११ गते उपाध्यक्ष गौतमकै निवासमा असन्तुष्ट नेताहरु भेला भएर ओलीविरुद्ध निर्णायक संघर्ष गर्ने योजना बनाए । गौतम निवासमा त्यस दिन नेकपा अध्यक्ष दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलसहितका सचिवालय सदस्यको भेलाले अध्यादेश ल्याउनु गलत भएको भन्दै फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

त्यसपछि अध्यादेश त फिर्ता भयो तर राजीनामाको विषयले नयाँ मोड लियो । पार्टीभित्र आफूलाई पद छाड्न दबाब आएपछि ओलीले वैशाख १७ मा बसेको सचिवालय बैठकमा अचानक कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । प्रधानमन्त्रीको यस्तो प्रस्तावले गौतम ओलीले राजीनामा दिन नपर्ने पक्षमा देखिए । सचिवालयमा ओलीको पक्षमा बहुमतमा पुगेको थियो ।

त्यसपछि वैशाख २० मा फेरि सचिवालय बैठक बस्यो । उक्त बैठकमा गौतमले आफू राष्ट्रियसभामा नजाने बताए । गौतम आफैं नजाने बताएपछि उक्त बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार