#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31253976965193745015422838629
नेपाल641224111747846233

उपत्यकामा यस अघि घोषित निषेधाज्ञा भोलिदेखि सकिंदै, अब फेरि थपिएला ?

काठमाडौं ।

गत भदौ ३ गते राति देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय भोलि सकिंदैछ । निषेधाज्ञा पुनः यसरी नै थपिन्छ कि हट्छ भनेर सर्वसाधारणमा जिज्ञासा उब्जिरहेको बेला उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने भएको छ ।

जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

अब थप गर्ने निषेधाज्ञामा निजी सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गर्न सकिने संकेत देखिएको छ । तर यस बारे अहिले नै निधो भने भएको छैन । भदौ तीन गते रातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । एक साताका लागि जारी निषेधाज्ञा पुनः थपिएको थियो ।

गत भदौ २ गते बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

गत मंगलबार तीन जिल्लाका सीडीओ, स्थानीय तह, उद्योग वाणिज्यका पदाधिकारी, स्वास्थ्यकर्मी लगायतको सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई बढाउँदै जानु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार एक साताका लागि निषेधाज्ञा पुनः थप गर्ने निर्णय गरिएको थियो । जस अनुसार भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको थियो । भदौ १७ गतेसम्म थप गरिएको निषेधाज्ञाको अवधि पनि पूरा हुन लागेको छ ।

१७ गतेपछि उपत्यकामा निषेधाज्ञा हुन्छ कि हुँदैन ? वा कस्तो मोडालिटीमा हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । तर अहिलेसम्म निषेधाज्ञाको मोडालिटीबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन । आगामी दिनमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले केन्द्रबिन्दुलाई जानकारी दिए । उनले केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै भने–‘उपत्यकामा अब निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल हुँदैछ । भोलिसम्म निषेधाज्ञाको नयाँ मोडालिटी टुंगो लाग्छ ।’

निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य पदार्थको ओसारपसारमा सहज गरिदै आएको छ । साथै, खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू ९ः१५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको थियो भने सरकारी सवारी साधन, एम्बुलेन्स, कार्डबाहक सवारी साधनहरूलाई निर्वाध रुपमा सञ्चालनमा आउन दिइएको छ ।

 

 

सम्बन्धित समाचारहरु