#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30870093958856744043222470805
नेपाल627974011712945267

यस्तो देखियो निषेधाज्ञाको १३ औँ दिन काठमाडौं (भिडियाेसहित)

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको आज १३ औँ दिन पूरा भएको छ । गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएको निषेधाज्ञाको १३ औँ दिन पूरा भएको हो ।

 

आज दोस्रो पटक एक हप्ताका लागि थप गरिएको निषेधाज्ञाका कारण उपत्यकामा सडकहरु दिउँसोको समयमा सुनसान देखिएका छन ।

निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरेको देख्न सकिन्छ भने अत्यावश्यक सवारी साधन निर्वाध रुपमा आवतजावत गरी रहेका छन् । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले कडाई गर्न थालेको छ ।

प्रशासनले अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन गर्न अनुमति दिएपनि अटेरी गर्ने बढेपछि प्रहरीले कडाई गरेको हो । आज अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन् ।

एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोकेका सवारी साधनलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरुभित्रि क्षेत्रमा खुला रहेका छन् ।

प्रशासनले बिहान सवा ९ः१५ बजेसम्म मात्रै पसल खोल्न अनुमति दिएपनि भित्रि गल्लीहरुमा त्यसको पालना हुन सकेको छैन । कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

१७ गते सम्म थप गरिएको निषेधाज्ञाको अवधि पनि पूरा हुन थालेसँगै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुको भर्चुअल बैठक सुरु भएको छ ।

उक्त बैठकले आगामी दिनमा उपत्यकामा कस्तो प्रकारको निषेधाज्ञा जारी हुन्छ भन्ने विषयको टुंगो लगाउने छ ।

तस्वीरहरु केन्द्रबिन्दु अनलाइन

सम्बन्धित समाचारहरु