#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30480231952026736318022165025
नेपाल615933901738343820

औद्योगिक क्षेत्रबाट माग भएपछि केही मात्रामा बढ्यो कर्जा लगानी

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण बैंकहरुको कर्जा प्रभावित भइरहेका बेला पछिल्लो समय भने केही मात्रामा बढेको देखिएको छ ।औद्योगिक क्षेत्रबाट केही मात्रामा ऋणको माग आइरहेकाले केही मात्रामा कर्जा लगानी बढेको देखिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार करिब डेढ महिना यता बाणिज्य बैंकहरुको ऋण लगानी लगातार बढेको देखिएको छ । नयाँ आर्थिक बर्ष लागेको दोस्रो सातासम्म बैंकहरुको कर्जा लगानी लगातार घटिरहेको थियो । त्यसबेला २९ खर्ब ३ अर्बको ऋण घटेर २८ खर्ब ६६ अर्बमा झरेको बैंकर्स संघको तथ्यांकले देखाएको छ । त्यस्तै, अर्को साता बैंकहरुको कर्जा लगानी बढेर २८ खर्ब ७१ अर्ब पुगेको थियो । त्यस्तै, गत शक्रबारसम्म आइपुग्दा ऋण २८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकले देखाएको छ । एक साताभित्र ऋण ६ अर्ब रुपैयाँले कर्जा लगानी बढेको छ ।

त्यस्तै, निक्षेप पनि सातामै ५ अर्बले बढेको देखिएको छ । असार मसान्तमा निक्षेप ३४ खर्ब ८७ अर्ब थियो । गत शुक्रबारसम्म निक्षेप ३४ खर्ब ८५ अर्ब पुगेको छ ।

तर पहिलेको तुलनामा भने कर्जा लगानी भएको छैन । कुनै बेला बैंकमा तरलता नभएर समस्यामा परेका बैंकर्स यतिबेला ऋण लिन आउ भन्दै बोलाउँदै गर्न थालेका छन् । कोरोना भाइरसको न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । करिब चार महिना लामो लकडाउनका कारण उद्योग व्यापार व्यवसाय, पर्यटन लगायतका सम्पूर्ण क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् ।

यस्तो अवस्थामा लगानीको वातावरण नै नभएपछि बैंकलाई लगानी कहाँ गर्ने भन्ने चिन्ता बढेको छ । बैंकले ठूला ठूला योजना परियोजनामा लगानी गर्न सकेका छैनन् । तर बैंकहरुले लगानीका लागि विकल्प खोजिरहेका छन् । केही समय अघि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा र गाडीमा लगानी गर्न विभिन्न योजनाहरु सार्वजनिक गरेका थिए भने अहिले औद्योगिक क्षेत्रमा केही मात्रामा गएका कारण केही कर्जा बढेको देखिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेसँगै कर्जा लगानी पनि थप प्रभावित हुने आँकलन पनि गरिएको छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार