#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32137108982718744676423707626
नेपाल693014531843750411

झारफुकको बहानामा बलात्कार

File Photo

बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् । रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताए  ।

उनले भने, “बलात्कारको अभियोगमा हजरत कम्मरशाह बाबा दरगाहा सरिफ मजारमा लामो समयदेखि झारफुकसमेत गर्दै आएका फकीर नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेका छौँ ।”

महिलाहरु यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारमा गएका थिए । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरी टोलीले ४० वर्षीय साईलाई पक्राउ गरेको थियो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ खड्काले बताए।

सम्बन्धित समाचारहरु

ताजा समाचार