#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30651125955184738776422308177
नेपाल615933901738343820

काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिए

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३९३ , भक्तपुरमा ३० र ललितपुरमा ५८ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ४,९१५भक्तपुरमा ५४७ र ललितपुरमा ७४३ पुगेको छ ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,२०५ पुगेको छ । आज १२ हजार ८८ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । आज ७६८ जना निको भएका छन् । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार