#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31828638976341742206423430233
नेपाल678044361741449954

कोरोना महामारी: विश्वमा १ प्रतिशत बिरामीहरु गम्भीर, इन्डोनेसियामा १ सय डाक्टरको मृत्यु

महामारीको रुपमा फैलिएको कोरोेना भाइरसबाट विश्वमा हालसम्म २ करोड ५६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । जसमध्ये एक करोड ७९ लाख भन्दा धेरैले भाइरसलाई जितेका छन् भने ८ लाख ५४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

१ प्रतिशत बिरामीहरु गम्भिर अवस्थामा, ९९ प्रतिशतमा हल्का लक्षण

हाल विश्वभर ६८ लाख भन्दा बढी बिरामीहरु उपचाररत छन् । ती मध्ये १ प्रतिशत अर्थात् ६१ हजार बढी बिरामीहरु गम्भीर अवस्थामा छन् भने, बाँकी ९९ प्रतिशत बिरामीहरुमा संक्रमणको हल्का लक्षण मात्र देखिएको छ । ती बिरामीको संख्या ६८ लाख भन्दा बढी रहेको छ । अमेरिकामा सबैभन्दा बढी १६ हजार भन्दा बढी बिरामीहरु जो भेन्टिलेटरको सहायतामा छन् । भारतमा त्यस्ता बिरामीहरुको संख्या करिब ९ हजार नजिक छ ।

डब्लूएचओद्वारा प्रकाशित तथ्याङ अनुसार, विश्वमा सबैभन्दा बढी संक्रमित हुने पहिलो देशमा अमेरिका रहेको छ । त्यहाँ ६२ लाख ११ हजार भन्दा बढी संक्रमित भएका छन् भने दोस्रो स्थानमा ब्राजिल रहेको छ । त्यहाँ ३९ लाख १० हजार संक्रमित रहेका छन् । यस्तै तेस्रो स्थानमा एशियन मुलुक भारतमा ३६ लाख ९४ हजार बढी संक्रमित भेटिएको छ ।

त्यस्तै रसियामा १० लाख बढी संक्रमित छन् । पेरुमा ६ लाख ५२ हजार धेरै संक्रमित छन् । दक्षिण अफ्रिकामा ६ लाख २७ हजार बढी, कोलम्बियामा ६ लाख १५ हजार बढी छन् भने नेपाल तथ्याङको ६१ औं स्थानमा रहेको छ ।

अमेरिकामा कोरोना भ्याक्सिन परिक्षण गरिँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पत्रकार सम्मेलनमा भनेका छन् – ‘अस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा पुगेको छ । चाँडै नै तेस्रो चरणको लागि अन्य भ्याक्सिनहरुलाई पनि अनुमति दिइनेछ । हामीले असम्भव जस्तो सोचेका थियौं । तर, अस्ट्राजेनेका भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयका अन्वेषकहरुले विकास गरेका छन् ।’

कम्पनीका अनुसार, तेस्रो चरणको परीक्षणमा अमेरिकाको ८० स्थानमा करिव ३० हजार स्वयंसेवकहरु सम्मिलित हुनेछन् । अमेरिकामा दुई कम्पनीहरु मोडेरना र फाइजरमा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा रहेका छन् । दुबै कम्पनीहरुले ३० हजार बढी स्वयंसेवकहरुमा परीक्षण गदैंछ । मोडेरनाले २८ दिन पछि र फाइजरले २१ दिन पछि खोप दिने तयारीमा छन् ।

अमेरिकी विज्ञहरुका अनुसार, एक कोरोना भ्याक्सिन बनाइए पनि बिरामीलाई एक डोजले काम नगर्ने बताएका छन् । बिरामीलाई दुई डोजको आवश्यकता पर्नेछ र यो सबैभन्दा ठूलो समस्या भएको उल्लेख गरेका छन् ।

वर्तमान समयमा परीक्षण किट्स, पीपीई किट्स र अन्य आवश्यक चीजहरुको अभाव भएको बेलामा दुई पटक भ्याक्सिन चलाउनु निकै ठुलो चुनौती हो ।टेनेसीको भान्डबिल्र्ट विश्वविद्यालयका स्वास्थ्य नीति प्रोफेसर डा. केली मुरेले यो मानव इतिहासको सबैभन्दा गम्भिर भ्याक्सिन कार्यक्रम हुने बताएको छ ।

इन्डोनेसियामा एक सय डाक्टरको मृत्यु

कोरोनाभाइरस संक्रमण इन्डोनेसियामा द्रुत गतिमा फैलिरहेको छ । कोरोना बिरामीको उपचारमा संलग्न एक सय जना डाक्टरको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, अगस्तमा संक्रमण धेरै बढेको जनाएको छ । अगस्त पहिले जकार्तामा बार र नाइटक्लबहरु खोल्ने तयारीहरु भइसकेका थिए तर, संक्रमण बृद्धि हुने बित्तिकै रोक्नु परेको थियो ।

जापानले बढायो भारतका लागि आपतकालिन ऋण

जापानले कोरोना महामारीसँग लड्न भारतलाई आपतकालीन ऋण बिस्तार गरेको छ । जापानले ५० अर्ब येन (लगभग ३४ अर्ब रुपैया) को आपतकालीन ऋण बिस्तार गरेको हो । ऋणको ब्याज बार्षिक ०.०१ प्रतिशत हुनेछ । उक्त ऋण १५ वर्षका लागि भएको उल्लेख गरिएको छ ।
जापानमा हालसम्म ६७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । जसमध्ये एक हजार बढीले ज्यान गुमाइसकेको छ ।

ब्राजिलमा हालसम्म १ लाख २१ हजार बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट हालसम्म १ लाख २१ हजार बढीले ज्यान गुमाइसकेका छन् । यहाँ पछिल्लो २४ घण्टामा ५ सय बढीको मृत्यु भएको छ । तर, यो लगातार पाँचौं दिन हो जहाँ एक हजार भन्दा कम मृत्यु भएको छ । यहाँ एकदिनमा ४५ हजार भन्दा माथि नयाँ संक्रमितहरु भेटिएका थिए ।

ब्राजिलमा हालसम्म ३९ लाख भन्दा बढी मानिसहरु भाइरसबाट संक्रमित भएका छन् । साओ पाउलो शहरमा मात्र मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ ।

इन्डोनेसियामा देखाप¥यो कोरोनाको परिवर्तित संस्करण

कोरोनाभाइरसको एक परिवर्तित संस्करण इन्डोनेशियामा देखा परेको छ । जकार्तामा आणविक जीवविज्ञानको लागि एजकम्यान संस्थानद्धारा रिपोर्ट गरिएको छ । भाइरसको यो संस्करण घातक छैन तर, १० गुणा ज्यादा संक्रामक हो ।

संस्थानका उपनिर्देशक हेरावती सुडोले भनेका छन् –“संकलन गरिएको नमूनामा कोरोनाको ६१४ उत्परिवर्तन फेला परेको छ । हालै मुलुकमा संक्रमणका घटनाहरु द्रुत गतिमा बढेको छ । यसको कारण पत्ता लगाउन अझ अध्ययन आवश्यक छ । ”
यहाँ २४ घण्टामा २ हजार ८ सय बढी नयाँ संक्रमित भेटिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १ लाख ७४ हजार बढी पुगेको छ भने मृत्यु हुनेको संख्याले ७ हजार नाघेको छ ।

कोरोनाभाइरसको यस परिवर्तित संस्करणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फेब्रुअरीमा पहिचान गरेको थियो । त्यसपछि यो यूरोप र अमेरिकामा फैलियो । त्यस्तै यो सिंगापुर र मलेशियामा पनि फेला परेको थियो ।

इजरायलमा कर्मचारीहरु हडतालमा

इजरायलमा सरकारसँग आक्रोशित चार प्रयोगशालाका दुई हजार कर्मचारीहरु हडतालमा छन् । इजरायलमा क्यान्सर, मुटुका बिरामी र अन्य गम्भिर बिरामीहरुलाई मात्र उपचार गरिरहेका छन् । कोरोनाको परीक्षण पनि चलिरहेको छ जसमा केवल सकारात्मक नतिजा आएकाहरुलाई मात्र खबर दिने र नकारात्मक नतिजा आउनेहरुलाई कुनै खबर दिइएको छैन ।

महामारीको कारण देशमा बेरोजगारी बढेको छ । फेब्रुअरीमा बेरोजगारी दर ३.९ प्रतिशत रहेको थियो । भने अब बेरोजगारी बढेर २०.७ प्रतिशत पुगेको छ । यसै कारणले नेतान्याहू सरकारप्रति जनता आक्रोशित भएका छन् । यहाँ संक्रमितको कुलसंख्या १ लाख १५ हजार माथि पुगेको छ । जसमध्ये नौं सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ग्रीसबाट ब्रिटेनको लागी उडान गरेका १९३ जना यात्रुहरु र चालक दलका सदस्यहरुलाई अलग राख्न आग्रह गरिएको छ । पछिल्लो हप्ता ग्रीसबाट वेल्सको उडानमा सात यात्रुको कोरोना परीक्षण सकारात्मक आएको थियो ।

बेलायतको स्वास्थ्य एजेन्सी पब्लिक हेल्थ वेल्स (पीएचडब्लू) ले मंगलबार एयरवेजको उडानमा यात्रा गरिरहेका सबै व्यक्तिहरुसँग सम्पर्क गर्न सुरु गरेको छ । मानिसहरुलाई कोरोनाको संकेतहरु देखिए परीक्षण तुरुन्त गर्न अपिल समेत गरेको छ ।

सम्बन्धित समाचारहरु