#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32092231981956743425323676022
नेपाल678044361741449954

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनले आफूलाई निकै दुःख लागेको बताएकी छन् ।

प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेखेको पत्रमा भारतका पूर्व प्रधानमन्त्री मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेको बताएकी छन् ।
त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा भुटानी जनताका तर्फबाट भारतीय जनतालाई समवेदना प्रकट गरेका छन् । साथै, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा आफूलाई निकै दुःख लागेको उल्लेख गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उनको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् ।
उनले सो पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै उनको कार्यकालमा रुस र भारत बीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन् । भारतका १३ औँ राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको थियो । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । पूर्व राष्ट्रपति मुखर्जीको आजै अन्त्येष्टि गरिने भएको छ ।– रासस÷एएनआई

सम्बन्धित समाचारहरु