#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31871411977084741873023475597
नेपाल678044361741449954

कोरोना अपडेटः विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो

जेनेभा । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २ सय ३० जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । डब्लुएचओकाअनुसार मंगलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख ५४ हजार ७ सय ७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म १ करोड ७९ लाख ४२ हजार ९ सय ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५ सय ४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार ७ सय ९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७ सय ३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार ९ सय १ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ५ सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार १ सय ६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६५ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ । रुस ९ लाख ९५ हजार ३ सय १९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार १ सय ७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १ सय ४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ९९ हजार ५ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार ८ सय ५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।

त्यस्तैगरी अर्जेन्टिना ४ लाख १७ हजार ७ सय ३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।–रासस/एएफपी

सम्बन्धित समाचारहरु