#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32643040990774757771324074553
नेपाल706144591828951866

राष्ट्रिय सभामा जाने उपाध्यक्ष गौतमको मनसायदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको स्वरुपसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने मनसाय राखेका छन् । सोमबार उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत् राष्ट्रिय सभा सदस्य बन्ने मनसाय राखेका हुन् । गत फागुन १४ मा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।

त्यस्तै नेपालमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढ्दै गएको छ । सर्वसाधारण तथा विदेशबाट नेपाल आउने नागरिकहरुमा मात्रै सङक्रमण देखिँदै आएकोमा करिब एक महिना यता भने भीडभाडमा नपुग्ने र सुरक्षा घेरमा रहने ‘भीआइपी’ हरूमा समेत संक्रमण देखिन थालेको हो ।

नेपालमा पछिल्लो समय कारागारमासमेत संक्रमण देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समय संक्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको हो ।

त्यस्तैगरी कोरोना भाइरससम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने भएको छ । परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल सुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल सुरु गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु