#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31356803966698745416522935940
नेपाल652764271761147238

सिपिएलमा आज पनि सन्दीपको उत्कृष्ट सुरुवात

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि उत्कृष्ट सुरुवात गरेका छन् ।

सन्दीप सम्मिलित जमैका तलावाजले ब्रायन लारा स्टेडियममा टस जितेपछि ब्याटिङको निम्तो पाएको ट्रीनबेगो नाइट राइडर्सले १० ओभरमा २ विकेटको क्षतिमा ८३ रन बनाएको छ ।

दशौं ओभरको तेस्रो बलमा सन्दीपले ओपनर लेन्डल सिमन्सलाई २५ रनमा मुजिब उर रहमानबाट क्याच आउट गराए । सन्दीपले मुनरो र सिमन्सबीचको ४६ रनको साझेदारी समेत तोडेका थिए । सन्दीपले सुरुवाती दुई ओभरमा ७ रन खर्चेर १ विकेट लिएका छन् ।

जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ । जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्  ।

उनले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिइसकेका छन् । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिएका थिए  ।

गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए  । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए । यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिए  ।

यस्तै पाँचौ खेलमा उनले दुई विकेट लिएका थिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिएका थिए । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिएका थिए  ।

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राखेका छन् । उनले सबै खेलमा किफायती बलिङ गर्दै आएका छन् । विपक्षी टोलीका खेलाडीले उनको बलमा खासै रन बनाउन सकेका छैनन् ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सम्बन्धित समाचारहरु