#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30364115950770736146622051879
नेपाल595733831624142949

सिपिएलमा सन्दीप लामिछाने अनुबन्धित जमैकाको चौथो हार

काठमाडौं ।

नेपाली लिग स्पिनर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा गएराति भएको खेलमा जमैका ट्रीनबगो नाइट राइडर्ससँग पराजित भएको हो ।

गए राति सम्पन्न खेलमा ट्रीनबगो नाइट राइडर्सले जमैका तलाबाजलाई १९ रनले पराजित गर्दै यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

नाइट राइडर्सले दिएको १८५ रनको विजय लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाएको थियो ।

टस हारेर पहिले ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । जमैकाले जित निकाल्न नसके पनि सन्दीपले खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ४ ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस सिजनमा हालसम्म सन्दीपले ७ खेलमा १० विकेट लिएका छन् ।

जितसँगै नाइट राइडर्स अपराजित हुँदै सबै ७ खेल जितेर १४ अंकसहित शीर्ष स्थानमा छ । जमैकाले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ । उसले ६ अंक जोड्दै चौथो स्थानमा रहेको छ । जमैकाले अर्को खेल विहिबार साँझ सेन्ट किट्स एण्ड नेभिसविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार