#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097169981967743523223679970
नेपाल678044361741449954

देशका १२ जिल्लामा ७३ प्रतिशत संक्रमित, कुन कुन हुन् ती जिल्ला ?

काठमाडौं ।

संघीय राजधानी काठमाडौं लगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ ।

काठमाडौं लगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा. सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । ‘यी १२ जिल्ला हटस्पट हुन् । समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु सुरु भएको छ । यही बेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन’, उनले भने ।

विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो । अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा. तिवारी बताउँछन् । काठमाडौंमा कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ । त्यसपछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलाली लगायत छन् ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु