#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31250428965178744699022838260
नेपाल641224111747846233

प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ पुग्यो, संक्रमित १० हजार नाघे

जनकपुर ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।

सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८८ नयाँ सङ्क्रमित थपिएका छन् । सो अनुरुप सप्तरी र सिरहाबाट एकएक, धनुषाबाट २९, महोत्तरीबाट ११, सर्लाहीबाट १६, रौतहटबाट तीन, बाराबाट आठ, पर्साबाट १८ र अन्य एक जना गरी ८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ । तीमध्ये ५१ जना उपचार गराई मंगलबार निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म चार हजार ९८८ जना निको भएर घर फर्केका छन् ।

प्रदेश अन्तर्गत १९६ क्वारेन्टिनमा आजसम्म ७२१ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ५९८, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेशनमा चार हजार १०३ जना बसेका छन् ।

सम्बन्धित समाचारहरु