#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31002707961612742974522611350
नेपाल627974011712945267

अमेरिकामा कोभिड-१९ संक्रमितको सङ्ख्या ६१ लाखभन्दा बढी

अमेरिका,
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६१ लाख भन्दा बढी संक्रमित भएको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तथ्याङ्कका आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल संक्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भए पनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै संक्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।

सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा सङ्क्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ ।

ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा सङ्क्रमण दर घटेको छ ।

सम्बन्धित समाचारहरु