#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
झण्डै दुई साता लामो विश्रामपछि बिहीबार नेकपाको सविचालय बैठक बस्दैछ । यो वैठकको निर्धारित एजेण्डा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यादलले दिएको प्रतिवेदनमाथि छलफल गर्नेछ । अब वामदेव गौतम कि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने भन्ने एजेण्डा चाहिं  त्यो भन्दा ठूलो एजेण्डाको रुपमा प्रकट हुने देखिन्छ ।
किनकी भदौ २० भित्र मनोनयन नगरे अर्थमन्त्री खतिवडाको मन्त्री पद जान्छ । त्यसैले त्यो अघि नै पार्टीबाट अब टुंगो लगाउनुपर्ने छ । त्यसैले नेकपाका लागि भोलि बस्ने बैठक निकै महत्वपूर्ण हुनेवाला छ ।
अहिले ओलीमाथि पार्टी विधि र पद्धति अनुरुप नचेको आरोप लागिरहेको छ । यही आरोप लगाउदै गत बैशाखदेखि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले ओलीलाई पदबाट हटाउन खोजे । करिब ४ महिना लामो विवादपछि तत्कालका लागि ओलीमाथि आइपरेको सत्ता संकट हालै कार्यदललेको प्रतिवेदनले टार्ने जस्तो संकेत देखिइएको छ ।कार्यदलको प्रतिवेदनमा पनि पार्टी विधि र पद्धति अनुसार ओली चल्नुपर्ने कुरा उल्लेख छ । ओलीकै संकट टार्नका लागि कार्यदलले मध्यमार्गी प्रतिवेदन बनाइरहेका बेला ओली आफै सच्चिन्छन् कि सच्चिदैनन् भन्ने यो घटनाबाट पुष्टी हुनेछ । त्यसैले 'अब ओलीले गौतमलाई कि खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गर्लान् ?' सबैको ओलीको आगामी कदमलाई पर्खेर बसेका छन् । त्यसैले भोलि हुने बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् नेकपाभित्र चासोको बिषय बनेको छ ।
ओली सकेसम्म खतिवडालाई नै सांसद मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् । तर बामदेव गौतम नै सांसद मनोनित हुन तयार हुदै 'मलाई नै गर्नुहोस्' भन्दै अगाडि आएपछि ओलीको चाहनामा ब्रेक लागेको छ ।
यसअघि प्रचण्ड र नेपालबीच कसिलो गठबन्धन हुँदा  गौतमले ओलीलाई हटाउन नहुने सहितको ६ बुदे प्रस्ताव अघि सारेर ओलीलाई जोगाएका थिए ।त्यसबेला ओली खुसी हुँदै परिवारसहित वामदेव गौतमको घरै पुगेर खाना खाएर फर्केका थिए । अहिले गौतम नै अगाडि आएपछि ओलीले खतिवडा रोजे भने ओलीमाथि यसअघि आइपरेको संकट फेरी दोहोरिने छ । किनकी अहिले पनि पार्टीभित्रका सचिवालय र स्थायी समिटिका बुहमत नेताहरु ओलीको विपक्षमा छन् । वामदेवले ओलीको पक्षमा लाग्ने जस्तो देखिएपछि मात्र प्रचण्ड र नेपालको गठबन्धन कमजोर भएको थियो । यदी ओलीले गौतमलाई सांसद बनाएनन् भने अब गौतम फेरि ओलिसंगको असन्तुष्ट समूहमा मिसिन पुग्छन् ।
यो स्थिति ओलीका लागि संकटपूर्ण हुनसक्छ । फेरि कुनै दिन तत्कालै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने भन्ने माग तत्कालै दोहोरिन सक्छ । खतिवडाले करिब तीन बर्षदेखि मन्त्री छन् । तर, उनको पार्टीभित्र बलियो पकड छैन । केन्द्रीय सदस्य मात्र हुन् ।
जागिर र सरकारी नियुक्ति खादै ओलीको विश्वासपात्र भएर मात्र उनले मन्त्री हुने अवसर पाए । बिषय विज्ञका हिसाबले उनलाई सुरुमा सबैले राम्रै माने । तर पछि उनको कार्यशैलीबाट पार्टीका नेताहरु सन्तुष्ट हुन सकेनन् । त्यसैले ओलीमाथि उनलाई हटाउनुपर्छ भन्ने ठूलो दबाब छ ।यसअघि फागुनमा कार्यकाल सकिंदा त संविधानमा भएको सांसद नभएको व्यक्ति पनि ६ महिना सांसद बन्न सक्ने भन्ने प्रावधानका आधारमा उनको पदावधि ६ महिना ओलीले लम्बाए । अब त नियुक्त नभए खतिवडाको पद स्वत जान्छ । अब पनि केही महिला लम्ब्याऔं भन्ने अप्सन ओलीलाई छैन ।त्यसैले भोलि हुने सचिवालयबाट गौतम कि खतिवडा भन्ने एउटा टुंगोमा पुग्नुपर्ने अवस्था छ । यदि ओलीले खतिवडालाई निरन्रता दिने निष्कर्ष सुनाए भने नेकपाभित्र वामदेव गौतम सहितका असन्तुष्ट नेताहरुले फेरि पार्टी विधिको कुरा उठाउन सक्छन् ।यसअघि फागुन १४ मा पार्टीको सचिवालयले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्न ओलीलाई भनिएको थियो । तर ओलीले गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन गराएनन् । खतिवडालाई बनाउने अडान राखेका थिए ।खतिवडालाई बनाउँदा पार्टीभित्र तत्कालै विरोध हुने भएपछि उनले सांसद नै नबनाई खतिवडालाई पुन मन्त्रीको सपथ गराए । त्यसपछि सचिवालयबाट गौतमलाई सांसद बनाउने निर्णय उल्टिएको छैन । त्यसैले त्यो निर्णय कार्यान्वयन गर्नुपर्यो भनेर गौतम नै अघि सरेका छन् ।अब पार्टीको त्यो निर्णय कार्यान्वयन नगरी अघि बढ्न ओलीलाई सहज छैन ।
यदि गौतमलाई सांसद मनोयन गरे, उनलाई सरकारमा समेत ल्याउनुपर्ने हुनसक्छ । एकथरी नेताहरुले गौतमलाई उपप्रधानसहित अर्थमन्त्री बन्ने खालको कुरा समेत चर्चा गराइसकेका छन् । त्यसैले यतिबेर गौतमलाइ फेरि सत्तामा जाने लोभ पनि प्रकट भइसकेको छ ।
यदि यस्तो अवस्थामा ओलीले गौतमलाई मनोनयन गरेरनन् भने त्यसलै नेकपाभित्र भाडभैलो हुन्छ, जसले फेरि ओलीमाथिको संकट बल्झिन्छ ।

वामदेव नरोजे ओलीलाई आइपर्ने संकट

झण्डै दुई साता लामो विश्रामपछि बिहीबार नेकपाको सविचालय बैठक बस्दैछ । यो वैठकको निर्धारित एजेण्डा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यादलले दिएको प्रतिवेदनमाथि छलफल गर्नेछ । अब वामदेव गौतम कि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने भन्ने एजेण्डा चाहिं  त्यो भन्दा ठूलो एजेण्डाको रुपमा प्रकट हुने देखिन्छ ।

किनकी भदौ २० भित्र मनोनयन नगरे अर्थमन्त्री खतिवडाको मन्त्री पद जान्छ । त्यसैले त्यो अघि नै पार्टीबाट अब टुंगो लगाउनुपर्ने छ । त्यसैले नेकपाका लागि भोलि बस्ने बैठक निकै महत्वपूर्ण हुनेवाला छ ।

अहिले ओलीमाथि पार्टी विधि र पद्धति अनुरुप नचेको आरोप लागिरहेको छ । यही आरोप लगाउदै गत बैशाखदेखि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले ओलीलाई पदबाट हटाउन खोजे । करिब ४ महिना लामो विवादपछि तत्कालका लागि ओलीमाथि आइपरेको सत्ता संकट हालै कार्यदललेको प्रतिवेदनले टार्ने जस्तो संकेत देखिइएको छ ।

कार्यदलको प्रतिवेदनमा पनि पार्टी विधि र पद्धति अनुसार ओली चल्नुपर्ने कुरा उल्लेख छ । ओलीकै संकट टार्नका लागि कार्यदलले मध्यमार्गी प्रतिवेदन बनाइरहेका बेला ओली आफै सच्चिन्छन् कि सच्चिदैनन् भन्ने यो घटनाबाट पुष्टी हुनेछ । त्यसैले ‘अब ओलीले गौतमलाई कि खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गर्लान् ?’ सबैको ओलीको आगामी कदमलाई पर्खेर बसेका छन् । त्यसैले भोलि हुने बैठकमा ओली कसरी प्रस्तुत हुन्छन् नेकपाभित्र चासोको बिषय बनेको छ ।

ओली सकेसम्म खतिवडालाई नै सांसद मनोनयन गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् । तर बामदेव गौतम नै सांसद मनोनित हुन तयार हुदै ‘मलाई नै गर्नुहोस्’ भन्दै अगाडि आएपछि ओलीको चाहनामा ब्रेक लागेको छ ।

यसअघि प्रचण्ड र नेपालबीच कसिलो गठबन्धन हुँदा  गौतमले ओलीलाई हटाउन नहुने सहितको ६ बुदे प्रस्ताव अघि सारेर ओलीलाई जोगाएका थिए ।

त्यसबेला ओली खुसी हुँदै परिवारसहित वामदेव गौतमको घरै पुगेर खाना खाएर फर्केका थिए । अहिले गौतम नै अगाडि आएपछि ओलीले खतिवडा रोजे भने ओलीमाथि यसअघि आइपरेको संकट फेरी दोहोरिने छ । किनकी अहिले पनि पार्टीभित्रका सचिवालय र स्थायी समिटिका बुहमत नेताहरु ओलीको विपक्षमा छन् । वामदेवले ओलीको पक्षमा लाग्ने जस्तो देखिएपछि मात्र प्रचण्ड र नेपालको गठबन्धन कमजोर भएको थियो । यदी ओलीले गौतमलाई सांसद बनाएनन् भने अब गौतम फेरि ओलिसंगको असन्तुष्ट समूहमा मिसिन पुग्छन् ।

यो स्थिति ओलीका लागि संकटपूर्ण हुनसक्छ । फेरि कुनै दिन तत्कालै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने भन्ने माग तत्कालै दोहोरिन सक्छ । खतिवडाले करिब तीन बर्षदेखि मन्त्री छन् । तर, उनको पार्टीभित्र बलियो पकड छैन । केन्द्रीय सदस्य मात्र हुन् ।

जागिर र सरकारी नियुक्ति खादै ओलीको विश्वासपात्र भएर मात्र उनले मन्त्री हुने अवसर पाए । बिषय विज्ञका हिसाबले उनलाई सुरुमा सबैले राम्रै माने । तर पछि उनको कार्यशैलीबाट पार्टीका नेताहरु सन्तुष्ट हुन सकेनन् । त्यसैले ओलीमाथि उनलाई हटाउनुपर्छ भन्ने ठूलो दबाब छ ।

यसअघि फागुनमा कार्यकाल सकिंदा त संविधानमा भएको सांसद नभएको व्यक्ति पनि ६ महिना सांसद बन्न सक्ने भन्ने प्रावधानका आधारमा उनको पदावधि ६ महिना ओलीले लम्बाए । अब त नियुक्त नभए खतिवडाको पद स्वत जान्छ । अब पनि केही महिला लम्ब्याऔं भन्ने अप्सन ओलीलाई छैन ।

त्यसैले भोलि हुने सचिवालयबाट गौतम कि खतिवडा भन्ने एउटा टुंगोमा पुग्नुपर्ने अवस्था छ । यदि ओलीले खतिवडालाई निरन्रता दिने निष्कर्ष सुनाए भने नेकपाभित्र वामदेव गौतम सहितका असन्तुष्ट नेताहरुले फेरि पार्टी विधिको कुरा उठाउन सक्छन् ।

यसअघि फागुन १४ मा पार्टीको सचिवालयले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्न ओलीलाई भनिएको थियो । तर ओलीले गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन गराएनन् । खतिवडालाई बनाउने अडान राखेका थिए ।

खतिवडालाई बनाउँदा पार्टीभित्र तत्कालै विरोध हुने भएपछि उनले सांसद नै नबनाई खतिवडालाई पुन मन्त्रीको सपथ गराए । त्यसपछि सचिवालयबाट गौतमलाई सांसद बनाउने निर्णय उल्टिएको छैन । त्यसैले त्यो निर्णय कार्यान्वयन गर्नुपर्यो भनेर गौतम नै अघि सरेका छन् ।अब पार्टीको त्यो निर्णय कार्यान्वयन नगरी अघि बढ्न ओलीलाई सहज छैन ।

यदि गौतमलाई सांसद मनोयन गरे, उनलाई सरकारमा समेत ल्याउनुपर्ने हुनसक्छ । एकथरी नेताहरुले गौतमलाई उपप्रधानसहित अर्थमन्त्री बन्ने खालको कुरा समेत चर्चा गराइसकेका छन् । त्यसैले यतिबेर गौतमलाइ फेरि सत्तामा जाने लोभ पनि प्रकट भइसकेको छ ।

यदि यस्तो अवस्थामा ओलीले गौतमलाई मनोनयन गरेरनन् भने त्यसलै नेकपाभित्र भाडभैलो हुन्छ, जसले फेरि ओलीमाथिको संकट बल्झिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार