#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30601808954066739827522249467
नेपाल615933901738343820

कोरोना महामारीमा कुन बैंकको व्यवस्थापन कस्तो ?

काठमाडौं । कोरोनाका कारण यतिबेला अधिकांश बैंक तथा वित्तीय संस्थाका शाखाहरू बन्द अवस्थामा छन् । अहिले बैंक तथा वित्तीय संस्थामा प्रतिसंस्था ५० जना कर्मचारीले मात्रै सेवा दिइरहेका छन् ।

बैंकका अधिकांश कर्मचारीहरु घरमै बसेर काम गरिरहेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी राखेर सेवा दिइरहेका छन् । पछिल्लो समय अधिकांश बैंकका कर्मचारीहरुलाई पनि कोरोनाको संक्रमण देखिएको छ । त्यसका साथै कोरोनाको संक्रमण कम गर्न नेपाल राष्ट्र बैंकले समेत न्युनतम कर्मचारी राखेर न्युुनतम शाखामार्फत बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिएको छ ।

के भन्छन् बैंकर्स ?

भुवन दाहाल (अध्यक्ष, नेपाल बैंकर्स संघ)

कोरोनाका कारण अधिकांश बैंकहरू प्रभावित भएका छन् । काठमाडौँमा ४/५ वटा मात्रै शाखा कार्यालयहरु खुलेका छन् । कोरोनाको संभावित जोखिम न्युनिकरण गर्न बैंकमा ५० जना कर्मचारी मात्रै डाकेर सेवा दिइरहेका छौँ । त्यस्तै, अहिले बैंकका ट्रेजरी, क्लियरिंङ्, स्विफ्ट, ट्रेड फाइनान्स र प्रमुख कार्यालय खुलेका छौँ ।

कुल कारोबारको ६० प्रतिशत कारोबार काठमाडौँ उपत्यकाबाट हुने गर्छ । त्यस्तो स्थानको कारोबार ५/६ वटा शाखाले धान्नु परेको छ । काठमाडौँ उपत्यकामा सानिमा  बैंकका जसमा ५/६ वटा मात्रै शाखा खुलेका छन् । लकडाउन मात्रै कोरोनाको विकल्प होइन । त्यसैले स्वास्थ्य सम्बन्धी कडा मापदण्ड अपनाउँदै कोरोनासँगै अघि बढ्नुको विकल्प पनि छैन । बैंकमा स्वास्थ्य सम्बन्धी कडा मापदण्ड अपनाउँदै बैंकिङ सेवा दिइरहेका छौँ ।

कृष्णबहादुर अधिकारी (प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक)

अहिले नेपालभरी नेपाल बैंकका ५० प्रतिशत शाखाहरु खुलेका छन् । काठमाण्डौँ उपत्यकामा पाँच वटा मात्रै शाखा खोलिएको छ ।

मुलुकभरी बैंकका १ सय ८९ शाखा छन् । यी शाखामध्ये स्थानीय निकायको नियम बमोजिम मुलुकभरी ९५ वटाको हाराहारीमा शाखा खुलेका छन् । सामान्यतया डिपोजिट, पैसा निकाल्ने ट्रेड फाइनान्सका कुराहरु रेमिट्यान्स, आइटी, ट्रेजरी लगायतका कुराहरु चलिरहेको अवस्था हो ।

यी काम हाम्रो वर्क फ्रम होमबाट पनि भइरहेका छन् । डिल गर्न नसकिने लगायतका केही कामहरु रोकिएका छन् । तर हाम्रो आफ्नो कामहरु चाँही गरिरहेका छौँ । ग्राहकहरु बैंकसम्म आउन अवरोध भएका कारण असुविधा पुगेको छ । सक्ने र सम्भव हुने जतिले डिजिटल कारोबार गर्न हामीले आग्रह गरेका छौँ । डिजिटल कारोबार गर्न सक्नेहरुको लागि त्यो समस्या भएन ।

हाम्रा सबै ग्राहकहरु पनि डिजिटलमा अभ्यस्त छैनन् । त्यसकारण शाखामै आउन खोज्छन् । शाखामा आउन खोज्दा बाटोमा कुनै अवरोध भए हाम्रो काबु भन्दा बाहिरको कुरा भयो । तर, शाखासम्म आउने ग्राहकलाई भने हामी सेवा दिइरहेका छौँ । सेवा दिँदा दिँदै आफ्ना कर्मचारीहरुमा पनि जोखिम बढेको छ ।

ज्ञानेन्द्र ढुंगाना (प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक)

हामीलाई राष्ट्र बैंकले बैंक संचालन सम्बन्धी निर्देशन दिएको छ । त्यसैको आधारमा हामीले बैंक संचालन गरिरहेका छौँ । काठमाडौँ उपत्यकामा ५ वटा शाखाहरु पालैपालो गरेर खोलेका छौँ । जसमध्ये पनि कहिले कुन ठाउँको कहिले कुन ठाउँको गरेर शाखा खोलिरहेका छौँ । हाम्रो बैंकमा २१ जना जति संक्रमित भएका छन् । त्यसको हामीले आवश्यक व्यवस्थापन गरेका छौँ ।

रत्नराज बज्राचार्य (प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक)

काठमाडौँ उपत्यकामा जम्मा ५० जना कर्मचारी मात्रै राखेर काम गर्ने हामीलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । सोही अनुसार हामीले सेवाग्राहीलाई बैंकिङ सेवा दिइरहेका छौँ । काठमाडौंँमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा गरी ६ वटा शाखाबाट सेवा दिइरहेका छौँ । यतिका ठूलो ठाउँमा जस्मा ५/६ वटा शाखा खोल्दा असुविधा त निकै भएको छ ।

तर यति हुँदा हुँदै पनि प्रशासनको आदेश पनि मान्नै पर्यो । हाम्रा सेवाग्राहीहरुले सकेसम्म डिजिटल कारोबार गरिसहेका छन् । डिजिटल कारोबार पनि राम्रै भएको छ । थोरै कर्मचारी राखेर काम गर्दा असुविधा भएपनि हामीले हाम्रा कर्मचारीहरुको स्वास्थ्यको ख्याल पनि गर्नै पर्छ । हम्रा पत्येक बैंठकहरु भर्चुअल हुन्छन् । घरमा बसेर काम गर्न संभव हुनेहरु घरमै बसेर काम  गरेका छन् । अहिले त कसरी हुन्छ चल्नुपर्ने बेला हो ।

त्यसैले कसरी हुन्छ काम चलाउने कोशिस गरिरहेका छौँ । ग्लोबल आइएमई बैंकमा हालसम्म ३० जनाको हाराहारीमा कोरोना संक्रमित भएका छन् । जसमा नेपालगंञ्जमा मात्रै २१ जना संक्रमित भएका छन् ।

सुनिल केसी (प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक)

अहिलेको अवस्था पहिलेको तुलनामा धेरै नै अप्ठेरो अवस्था छ । काठमाण्डौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था निकै उच्च छ । त्यसैले पनि यहाँ केही अप्ठेरो अवस्था छ । राष्ट्र बैंकले हामीलाई निर्देशन दिएको छ । सोही निर्देशन अनुसार हामीले सेवा दिइरहेका छौँ । उपत्यका बाहिरका ५ र २ नम्बर प्रदेशमा केही अप्ठेरो अवस्था छ । ४ नम्बर प्रदेशमका अहिले खुलेको अवस्था छ । हाम्रो बैंमा अहिले २/४ जना कर्मचारीमा मात्रै कोरोना संक्रमण देखिएको छ ।

यसरी भइरहेको छ संक्रमितको व्यवस्थापन

पछिल्लो समय सिभिल, सानिमा, एनएमबी, प्रभु, एभरेष्ट, एनसीसी,नबिल, नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमइ बैक लगायतका अधिकांश बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित कर्मचारीहरुलाई बैंकले आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ ।

कोही संक्रमित आफ्नै घरको आइसोलेशन राखेर उपचार गरिएको छ भने जटिल समस्या भएका संक्रमितलाई होटल आइसोलेशनमा राखेर उपचार गरिँदै आएको छ । बैंकका कर्मचारीहरू संक्रमित भएर उपचार गर्दा लाग्ने खर्च बैंक आफैले व्यहोर्ने राष्ट्र बैंकले पनि निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार उपचारका लागि कोरोना बीमाको रकम प्रयोग गरिन्छ । त्यस रकमले पुगेन भने बैंकले बेहोर्ने संघका अध्यक्ष भुवन दाहालले बताए ।

बैंकका कति कर्मचारी भए संक्रमित ?

नेपाल बैंकर्स संघमा हालसम्म कति बैंकका कति कर्मचारी संक्रमित भए भन्ने यकिन तथ्यांक छैन । अहिलेसम्म आधा दर्जनको हाराहारीमा मात्रै बैंकहरुले आफ्ना कर्मचारी संक्रमित भएको विवरण पठाएका छन् । तीमध्ये पनि कतिपय बिरामी निको भइसकेकाले सही तथ्यांक दिन संभव नभएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । केही दिनमा उपलब्ध हुन सक्ने शर्माको भनाइ थियो ।

पछिल्लो समय काठमाण्डौँ उपत्यका लगायत विभिन्न स्थानमा कोरोनाको संक्रमण बढेपछि सरकारले करिव ५० जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समय बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले अवरोध गरेको थियो । बैंकिङ क्षेत्र अत्यावश्यकीय सेवाभित्र पर्ने भएपनि सीमित शाखा खोल्न दिने गरी स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो । तर सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई धरपकड गरेपछि बैंकका सबै शाखाहरु बन्द भएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारी आवतजावत गर्ने वातावरण मिलाउन निर्देशन दिएपछि बैंक खोल्न केही सहज भएको थियो । त्यतिवेला प्रहरीले बैंकका कर्मचारीलाई पक्राउ गरेर कतिलाई थुन्ने त कतिलाई पिट्ने समेत गरेको थियो । त्यसका साथै प्रहरीले कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरू लाई पनि बाटोमै रोकेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार