#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31411741967541744348823000712
नेपाल652764271761147238

फुटबलर एरिक विष्टले जिते कोरोना भाइरस

काठमाडौं । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एरिक विष्टको रिपोर्ट पोजेटिभ आएको थियो । १९ दिन लामो आइसोलेसन बसाईपछि गरिएको कोरोना परीक्षणपछि अहिले एरिक विष्ट कोरोना मुक्त भएका हुन् ।

सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलरलाई अभ्यासमा राख्ने तयारी गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अपनाएका केही स्वास्थ्य प्रावधान अपाउँदै खेलाडीलाई अभ्यासमा फर्काउने तयारीका साथ नेपाली फुटबल खेलकुदको निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडीमध्ये एरिस विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।

१९ दिनपछि अहिले फुटबलर एरिक कोरोना मुक्त भएका छन् । घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परीक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उनले जानकारी दिए । बीचको अवधिमा सबैतर्फ कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएका थिए । मनोबल उच्च राख्दा नै कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।

फुटबलर विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन । मानिसमा पोजेटिभ देखिने वित्तिकै डराउनु नपर्ने उनको भनाइ छ । यसअघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिम देखिएको थियो ।

सम्बन्धित समाचारहरु