पाकिस्तानमा लकडाउनको अवधि लम्बियो

पाकिस्तानमा लकडाउनको अवधि लम्बियो


इस्लामावाद ।
पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागू भइरहने शुक्रबार घोषणा गरेको हो । केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए ।

देशव्यापी लकडाउन लागू भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजार ६ सय ५२ रहेको छ ।
त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २ सय ४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारी विरुद्धको मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ । शनिबारदेखि मुश्लिम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।–रासस/एएनआई

Skip This
Logo