#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382500311652891045310832206606
नेपाल15983086243293115675
फाइल फोटो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक बनेको हो । उक्त भेटमा पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद साम्य पार्न दुई अध्यक्ष सफल भएका छन् । सोही सहमतिलाई भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।यस्ता छन् दुई अध्यक्षबीच भएका सहमतिका मुख्य बुंदाहरु -अध्यक्ष ओलीले प्रतिनिधि सभाको पूरा कार्यकाल चलाउने -अध्यक्ष दाहाल कार्यकारी अध्यक्षको हैसियतमा रहेर पार्टीको काम गर्ने -दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने -आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने -सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ता विरुद्ध जथाभावी लेख्न र पार्टीहित विपरित गतिविधि गर्न निरुत्साहित गर्ने -एकता महाधिवेशन चैत्र २५ देखि ३० गतेसम्म गर्ने -केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म बस्ने -संसदीय दलको कार्यालय एउटै बनाउने -सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग सरकारले कुटनीतिक पहल गर्ने -नेताका नाममा सञ्चालनमा आएका प्रतिष्ठानहरु सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न कार्यदल गठन गर्ने -एमसीसी सम्झौतामा स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढ्नेदुई अध्यक्षबीच भएको सहमतिमा प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख गरिएको छ । साथै दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने काम गर्न समेत ओली दाहाल सहमत भएका छन् । सहमतिको उक्त प्रस्ताव सबै स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएकोे छ । पार्टीलाई विधि र प्रक्रियाको आधारमा सञ्चालन गर्न, र कात्तिकदेखि महाधिवेशनको तयारी थाल्न ओली र प्रचण्ड सहमत भएका छन् । साथै, चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्नका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक राख्न पनि दुई अध्यक्ष सहमत भएका छन् ।त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढाउन दुई अध्यक्ष सहमत भएका छन् ।त्यस्तैगरी पार्टीभित्र विद्यमान गुट उपगुटलाई कडाइका साथ अन्त्य गर्ने निर्णय समेत दुई अध्यक्षले गरेका छन् । ‘पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा ओली–दाहाल सहमत भएका छन् । त्यस्तै पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टीहित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्नु पर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीयतहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने प्रस्तावमा उल्लेख । साथै, दुई अध्यक्षले मन्त्रिपरिषद्, प्रदेश मन्त्रिपरिषद् पुनगर्ठन गर्ने पनि सहमति गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने सहमति भएको छ ।केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा संस्थागत रुपमा छलफल गरेर मात्र संसदसमक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका नीतिगत विषयमा पार्टीको धारणा तय गर्ने प्रस्तावमा उल्लेख छ । साथै पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको केन्द्रबिन्दु बनेको भन्दै त्यसलाई नियमन गरिने भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा रहेको संसदीय कार्यालयलाई विघठन गरेर एउटै बनाइने भएको छ । त्यस्तै दक्षिणी छिमेकी मुलुक भारतसँगको सीमा विवाद मिलाउन सरकारले कुटनीतिक पहल गर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।

दुई अध्यक्षको कसरी मन मिल्यो ? के छ बुधबारको सहमतिमा ?

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक बनेको हो । उक्त भेटमा पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद साम्य पार्न दुई अध्यक्ष सफल भएका छन् । सोही सहमतिलाई भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।

यस्ता छन् दुई अध्यक्षबीच भएका सहमतिका मुख्य बुंदाहरु
-अध्यक्ष ओलीले प्रतिनिधि सभाको पूरा कार्यकाल चलाउने
-अध्यक्ष दाहाल कार्यकारी अध्यक्षको हैसियतमा रहेर पार्टीको काम गर्ने
-दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने
-आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने
-सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ता विरुद्ध जथाभावी लेख्न र पार्टीहित विपरित गतिविधि गर्न निरुत्साहित गर्ने
-एकता महाधिवेशन चैत्र २५ देखि ३० गतेसम्म गर्ने
-केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म बस्ने
-संसदीय दलको कार्यालय एउटै बनाउने
-सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग सरकारले कुटनीतिक पहल गर्ने
-नेताका नाममा सञ्चालनमा आएका प्रतिष्ठानहरु सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न कार्यदल गठन गर्ने
-एमसीसी सम्झौतामा स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढ्ने

दुई अध्यक्षबीच भएको सहमतिमा प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख गरिएको छ । साथै दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने काम गर्न समेत ओली दाहाल सहमत भएका छन् । सहमतिको उक्त प्रस्ताव सबै स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएकोे छ । पार्टीलाई विधि र प्रक्रियाको आधारमा सञ्चालन गर्न, र कात्तिकदेखि महाधिवेशनको तयारी थाल्न ओली र प्रचण्ड सहमत भएका छन् । साथै, चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्नका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक राख्न पनि दुई अध्यक्ष सहमत भएका छन् ।

त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढाउन दुई अध्यक्ष सहमत भएका छन् ।

त्यस्तैगरी पार्टीभित्र विद्यमान गुट उपगुटलाई कडाइका साथ अन्त्य गर्ने निर्णय समेत दुई अध्यक्षले गरेका छन् । ‘पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा ओली–दाहाल सहमत भएका छन् । त्यस्तै पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टीहित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्नु पर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।

केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीयतहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने प्रस्तावमा उल्लेख । साथै, दुई अध्यक्षले मन्त्रिपरिषद्, प्रदेश मन्त्रिपरिषद् पुनगर्ठन गर्ने पनि सहमति गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने सहमति भएको छ ।

केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा संस्थागत रुपमा छलफल गरेर मात्र संसदसमक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका नीतिगत विषयमा पार्टीको धारणा तय गर्ने प्रस्तावमा उल्लेख छ । साथै पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको केन्द्रबिन्दु बनेको भन्दै त्यसलाई नियमन गरिने भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा रहेको संसदीय कार्यालयलाई विघठन गरेर एउटै बनाइने भएको छ । त्यस्तै दक्षिणी छिमेकी मुलुक भारतसँगको सीमा विवाद मिलाउन सरकारले कुटनीतिक पहल गर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।

सम्बन्धित समाचारहरु