भोलिदेखि चलचित्र क्षेत्र पूर्णरुपमा संचालनमा आउँदै

भोलिदेखि चलचित्र क्षेत्र पूर्णरुपमा संचालनमा आउँदै


काठमाडौं ।

नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ ।

नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले धन्यवाद पनि दिएको छ । भोलि माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ । यससँगै १० महिनादेखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वाश गरिएको छ।

नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिबिधि कामहरु गर्न अनुमति पनि दिएको छ । यसै विषयमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँग हामीले सरकारले गरेको सहयोग र चलचित्र क्षेत्रका गतिविधिमा कसरी स्वास्थ्य सावधानी अपनाएर काम गर्न सकिन्छ सिनेमाहल कसरि संचालनमा आउँछन् भनेर प्रतिक्रिया लिएका छौं ।

कुराकानीमा अध्यक्ष अधिकारीले नेपाल सरकारले बीमा, भिपिसी कस्ट, इन्कोडिग कस्ट, प्रचार प्रसार तथा पब्लिसिटीमा आर्थिक अनुदान दिने निर्णय भएको बताए । चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए।

यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भिपिसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताए। यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताए। यसैगरि मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यान्वयनमा ल्याउन सरकार सँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताए।

Logo