विपन्न परिवारलाई राहत स्वरुप तरकारी वितरण

विपन्न परिवारलाई राहत स्वरुप तरकारी वितरण


बुटवल ।
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित कन्चन म म सञ्चालकले विपन्न मुसहर र दलित परिवारलाई राहत स्वरुप तरकारी वितरण गरेका छन् । सञ्चालकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर एकैसाथ लकडाउनको घोषणा गरेका कारण समस्यमा परेका परिवारलाई राहत वितरण गरेका हुन् ।

कञ्चन गाउँपालिकास्थित वडा नम्बर १, २, र ५ का करिब १ सय परिवारलाई तरकारी वितरण गरिएको थियो । राहत सामाग्री वितरणमा सामाजिक दूरी समेत कायम गरिएको थियो ।

लकडाउनका कारण रोजगारी गुमाएका विपन्न मुसहर र दलित परिवारलाई आफुले सक्दो सहयोग गरेको कञ्चन ममका प्रबन्ध निर्देशक गोपल बिश्वकर्माले बताए । साथै, लकडाउनको समय अझै बढेको खण्डमा पुनः सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

तस्वीर राजेश बिक/ केन्द्रबिन्दु

Logo