लकडाउनले पनि नफेरिएको किसानको दैनिकी (फोटो फिचर)

लकडाउनले पनि नफेरिएको किसानको दैनिकी (फोटो फिचर)


काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै अधिकांश मानिस फुर्सदिला बनेका छन् । तर, भक्तपुरका किसानहरु भने लकडाउनको समयमा पनि खेतबारीमा व्यस्त हुन थालेका छन् । रायो सागका बीज उतार्ने देखि तरकारी र धानको बीउ छर्ने कामका लागि कृषक दिनभर जसो खेतमा व्यस्त हुन थालेका हुन् ।

नगरपालिकाले धानको बीउ समेत उपलब्ध गराएपछि यतिखेर कृषकहरू खेतबारीमा व्यस्त हुन थालेका छन्। कृषकहरूले साँझ बिहान नगरपालिकाले तोकेको क्षेत्रमा तरकारी समेत बिक्री गर्दै आएका छन् । उनीहरूले भक्तपुर अरनिको सभाहल अगाडि बिहान ५ देखि ८ र साँझ ४ देखि ७ बजेसम्म तरकारी लगायतका सामाग्री बिक्री गर्दै आएका छन् ।

नगरपालिकाले तोकेको समयमा स्थानीयलाई अत्यावश्यक सामाग्री खरिद गर्न एक घर एक पास वितरण गरिएको थियो । सोही अनुरूप अहिले स्थानीयले समाजिक दूरी कायम गरी दैनिक गतिविधिमा सक्रिय हुँदै आएका छन् ।

 

तस्वीर जितेन्द्र रसिक/केन्द्रबिन्दु

Logo