#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382500311652891045310832206606
नेपाल15983086243293115675
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको हो । आजको स्थायी कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकले अनेक मोड र घुम्ती पार गरेर एकता, समझदारी र सर्वसम्मति कायम गरेको थापाको भनाइ छ ।बस्ने ठाउँ फेरियो कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालको बस्ने ठाउँसमेत परिवर्तन भएको छ । शुक्रबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड सेन्टरमा देखिएका थिए । बैठकको बसाई हेर्दा प्रचण्ड कार्यकारीको हैसियतमा रहेको स्पष्ट देख्न सकिन्छ । प्रचण्डको दायाँ र बायाँतिर २–२ जना नेताहरू बसेका थिए । प्रचण्डको दायाँतिर प्रधानमन्त्री ओली र वरिष्ठ नेता झलनाथ खनाल थिए भने बायाँतिर वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बसेका थिए ।२० मिनेटमै बाहिरिए ओली आजको स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली २० मिनेटमै बाहिरिएका थिए । बैठक सुरु भएको केहीबेरमै आफ्ना कुरा राखेर प्रधानमन्त्री ओली बाहिरिएका थिए ।एमसीसी संशोधन गरेर अगाडि बढाइने नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आवश्यकता अनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । तर सम्झौतामा भएको के संशोधन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेकोे प्रतिवेदन अनुसार अगाडि बढ्नु पर्नेमा बैठकले जोड दिएको छ । प्रवक्ता श्रेष्ठले भने–‘एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने पार्टीले निर्णय गरेको छ । तर के संशोधन गर्ने भन्ने विषयमा अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन र पार्टीमा थप छलफल गरिने छ ।’ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले यथास्थितिमा एमसीसी सम्झौता पारित नगर्न सुझाव दिएको थियो ।चैत्रमा एकता महाधिवेशन गर्ने स्थायी कमिटी बैठकले आगामी चैत्रमा एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको कामलाई अगाडि बढाउन आगामी कात्र्तिक १५ देखि १७ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइने छ ।कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डबैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय गरेको छ । यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको भएपनि कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई आजको बैठकले थप स्पष्ट पारेको प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी कमिटीको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनेछन् ।महत्वपूर्ण निर्णय पार्टीको निर्देशनमा गर्नेपार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । सचिवालय र दुई अध्यक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्नेछ । सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव बैठकले नेपाल भारत सीमा समस्या समाधान गर्नका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिएको छ । लामो सयमदेखि भारतीय पक्षको अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न समेत बैठकले सरकारलाई सुझाव दिएको छ । गत जेठ ७ गते ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग समावेश गर्दै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । पछि संविधान संशोधन गर्दै उक्त भूभागलाई नेपालको संवैधानिक अंग समेत बनाइएको थियो ।कोरोना रोकथाम गर्न राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार गर्नका लागि सरकारले गरेका कामहरु सकारात्मक भएको आजको बैठकले निष्कर्ष निकालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अझै प्रभावकारी काम गरी उत्पन्न परिस्थितिको सम्बोधन गर्नका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्न सरकारलाई बैठकले आग्रह गरेको छ । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा गम्भीरतापूर्वक लाग्न पनि आजको बैठकले आग्रह गरेको छ ।नेकपा फुटाउन खोज्ने असफल भएः प्रधानमन्त्री ओलीआजको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी विभाजनका लागि चाहाना राख्नेदेखि विदेशी शक्तिहरु असफल भएको बताएका छन् । साथै, अर्का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरी वैचारिक र सांगठनिक रुपमा अझै मजवुत बनाएर अगाडि बढाउने दिशामा गएको बताए ।१३ सदस्यको धारणा आजको बैठकमा स्थायी समिति सदस्यद्वय रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका छन् । उनीहरुले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावहरुका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित गरिएको थियो ।

नेकपा स्थायी कमिटी बैठक : एमसीसी आवश्यक संशोधन गरी अगाडि बढाइने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको हो । आजको स्थायी कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकले अनेक मोड र घुम्ती पार गरेर एकता, समझदारी र सर्वसम्मति कायम गरेको थापाको भनाइ छ ।

बस्ने ठाउँ फेरियो
कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालको बस्ने ठाउँसमेत परिवर्तन भएको छ । शुक्रबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड सेन्टरमा देखिएका थिए । बैठकको बसाई हेर्दा प्रचण्ड कार्यकारीको हैसियतमा रहेको स्पष्ट देख्न सकिन्छ । प्रचण्डको दायाँ र बायाँतिर २–२ जना नेताहरू बसेका थिए । प्रचण्डको दायाँतिर प्रधानमन्त्री ओली र वरिष्ठ नेता झलनाथ खनाल थिए भने बायाँतिर वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बसेका थिए ।

२० मिनेटमै बाहिरिए ओली
आजको स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली २० मिनेटमै बाहिरिएका थिए । बैठक सुरु भएको केहीबेरमै आफ्ना कुरा राखेर प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

एमसीसी संशोधन गरेर अगाडि बढाइने
नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आवश्यकता अनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । तर सम्झौतामा भएको के संशोधन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेकोे प्रतिवेदन अनुसार अगाडि बढ्नु पर्नेमा बैठकले जोड दिएको छ । प्रवक्ता श्रेष्ठले भने–‘एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने पार्टीले निर्णय गरेको छ । तर के संशोधन गर्ने भन्ने विषयमा अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन र पार्टीमा थप छलफल गरिने छ ।’ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले यथास्थितिमा एमसीसी सम्झौता पारित नगर्न सुझाव दिएको थियो ।

चैत्रमा एकता महाधिवेशन गर्ने
स्थायी कमिटी बैठकले आगामी चैत्रमा एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको कामलाई अगाडि बढाउन आगामी कात्र्तिक १५ देखि १७ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइने छ ।

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्ड

बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय गरेको छ । यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको भएपनि कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई आजको बैठकले थप स्पष्ट पारेको प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थायी कमिटीको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनेछन् ।

महत्वपूर्ण निर्णय पार्टीको निर्देशनमा गर्ने

पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । सचिवालय र दुई अध्यक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्नेछ । सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव
बैठकले नेपाल भारत सीमा समस्या समाधान गर्नका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिएको छ । लामो सयमदेखि भारतीय पक्षको अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न समेत बैठकले सरकारलाई सुझाव दिएको छ । गत जेठ ७ गते ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग समावेश गर्दै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । पछि संविधान संशोधन गर्दै उक्त भूभागलाई नेपालको संवैधानिक अंग समेत बनाइएको थियो ।

कोरोना रोकथाम गर्न राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह
कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार गर्नका लागि सरकारले गरेका कामहरु सकारात्मक भएको आजको बैठकले निष्कर्ष निकालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अझै प्रभावकारी काम गरी उत्पन्न परिस्थितिको सम्बोधन गर्नका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्न सरकारलाई बैठकले आग्रह गरेको छ । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा गम्भीरतापूर्वक लाग्न पनि आजको बैठकले आग्रह गरेको छ ।

नेकपा फुटाउन खोज्ने असफल भएः प्रधानमन्त्री ओली

आजको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी विभाजनका लागि चाहाना राख्नेदेखि विदेशी शक्तिहरु असफल भएको बताएका छन् । साथै, अर्का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरी वैचारिक र सांगठनिक रुपमा अझै मजवुत बनाएर अगाडि बढाउने दिशामा गएको बताए ।

१३ सदस्यको धारणा
आजको बैठकमा स्थायी समिति सदस्यद्वय रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका छन् । उनीहरुले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावहरुका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित गरिएको थियो ।

सम्बन्धित समाचारहरु