#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31750134974022741039023365722
नेपाल666324291814248061

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नं. ८ स्थित भिमसेन नगर शहरी प्रवर्धन केन्द्र, वडा नं. ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं. १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं. ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा नं. २, ८ र १६, मा २/२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक/एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ ।रासस

सम्बन्धित समाचारहरु