#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपामा एक वर्षदेखि हुँदै आएको नेताहरुबीचको झगडा मिलाउने गरी शुक्रबार स्थायी कमिटिले केही प्रस्ताव पारित गर्‍यो । ती प्रस्तावमा विशेष गरी अध्यक्ष केपी शर्ओमा ली र प्रचण्डबीचको पदीय भागबन्डा मिलाउने मात्र मुख्य कुरा छ ।त्यस बाहेक अन्य कुराहरु सैद्धान्तिक खालका छन् । महाधिवेशन गर्ने, सरकार सञ्चालन मिलेर गर्ने, पार्टी एकताका काम पुरा गर्ने, कोरोनाविरुद्ध लड्ने, सिमा समस्याको वार्ताबाट समाधान गर्ने, एमसिसी परिमाजर्न सहित पास गर्ने लगायतका बिषयहरु सैद्धान्तिक खालका छन् ।
यति लामो विवादबाट अहिले कसलाई के फाइदा भयो भन्ने हिसाब किताब चलिरहेको छ । यो हिसाब किताबमा ओली र दाहाल फाइदामा छन् । यो प्रकरणमा माधव नेपाल एक्लिएका छन् ।
सुरुमा विवादको सुरुवात ओलीको कार्यशैलीमाथि केन्द्रित थियो । पछि बढ्दै गएर विवादको रुपमा ओलीले दुबै पद छोड्नुपर्ने तर्फ मोडियो । यो कामको मुल नेतृत्व नेपालले गरे । माधव नेपालले पहिले देखिन नै राख्दै आएको असन्तुष्टीमा पछि अध्यक्ष दाहाल मिसिए । दाहाल र नेपाल मिलेर ओलीलाई हटाउन खोजे ।यसका लागि पार्टीका स्थायी कमिटिका ३२ जना नेताहरुले गुट भेला गरेका थिए । यस्ता भेलाबाट ओली हल्लिएनन् । बरु ओलीले सक्ने भए कारवाही गर भनेर सबैलाई च्यालेन्ज गरे । पार्टी नै फुट्ने सम्मको ओलीले तयारी गरेपछि नेपाल र दाहाल केही पछि हटेर ओलीले एक पद त्यो पनि प्रधानमन्त्रीबाट मात्र राजीनामा दिए हुने सम्मको कुरा गरे । तर पनि ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट कसैले भनेको भरमा राजीनामा नदिने भन्दै बसिरहे । विवाद लामो भएपछि ओली कार्यदल बनाएर विवाद समाधान गर्ने प्रस्ताव बनाइयो । यही प्रस्ताव ओली र दाहालकै केन्द्रित गरेर ल्यायो । त्यसमा माधव नेपाललाई साथ दिंदै आएका नेताहरुले नै कार्यदलमा सहयोग गरे ।यी घटना क्रममा ओलीले जसरी पनि दुवै पदमा बस्न चाहेका थिए । त्यो चाहना यो बैठकपछि झन् बढी पुरा भएको छ । ओलीको कुनै पनि पद गएन । त्यति ठूलो घेराबन्दीबाट पनि ओलीका दुवै पद सुरक्षित रहे । दाहाल पार्टी भित्र असन्तुष्ट हुनुको मुख्य कारण पार्टी भित्रको कार्यकारी काम गर्न ओलीले दिएनन् भन्ने थियो ।ओलीले अध्यक्ष दाहाललाई आफ्नो दोस्रो तहको अध्यक्ष भन्ने सम्मको कुरा गरेर करिब अपमान पनि गरेका थिए । त्यसैले दाहालको मुख्य चाहना जसरी पनि आफ्नो कार्यकारी अधिकार लिने भन्ने थियो । यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न समस्या भइरहेका दाहाललाई शुक्रबारबाट पुनः कार्यकारी अध्यक्षको अझै शक्तिशाली अधिकार प्राप्त भएको छ । त्यसैले शुक्रबारबाट सकिएको बैठकबाट दाहालको पनि केही गुमेन, बरु उनले चाहे जस्तै भयो ।
अब सुरुदेखि नै असन्तुष्ट रहेका माधव नेपाल भने अहिले पनि एक्लोमा परेका छन् ।
उनले पार्टी एकतापछि ओली र दाहाल मिल्दै गर्दादेखि पार्टी भित्र विधि पद्धतिको कुरा गरे । उनले एक व्यक्ति एक पद भनेर धेरैपटक पार्टीमा लिखित असहमति पेश गरे । अस्ती ओली विरुद्धको गठबन्धन गर्दा पनि नेपालले दाहालसंग विधि र पद्धति ओलीले मिलेकाले उनी विरुद्ध लाग्नुपर्ने भन्दै आएका थिए ।तर उनले भनेको विधि पद्धतिको र एक व्यक्ति एक जिम्मेवारी शुक्रबारको बैठकले सम्बोधन गरेन । ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा रहने भए । त्यस्तै प्रदेशहरुमा प्रदेश इन्चार्ज र मुख्य मन्त्रीहरुहरु दोहोर पदमा छन् सरकारको समिक्षा गर्ने नियुक्ति लगायतका बिषयमा छलफल गर्ने भन्ने एजेण्डामा प्रवेश नै नगरी बैठक सकियो ।नेपालले भन्दै आएका यी कुनै पनि बिषय नेकपा बैठकले सम्बोधन गरेन । यही कारण माधव नेपाल एक्लो जस्तो भएका छन् । त्यसैले उनले शुक्रबारको बैठकमा १७ बुदे आफ्ना मत लिखित रुपमा राखेका छन् । नेपालले आफ्नो १७ हुँदामा धेरैजसो विगतमा पार्टी पद्धति उलंघन गरेका बिषयहरु राखेका छन् ।पार्टीका विधानका प्रावधानहरु सम्झाएका छन् । एक व्यक्ति एक पद भनेका छन् । बैठकमा नेपालले भनेको कुरामा उनको समूहका मुख्य नेताहरुले पनि उठाएका थिए । ओली र दाहाल पक्षका नेताहरुले चाही यो बिषयलाई छोएनन् ।
नेकपाभित्र अब फेरि ओली र दाहालको एउटा कित्ता र नेपालको अर्को कित्ता छुट्टिएको छ । अहिले पार्टी एक भएकाले यो बिषयलाई सबैले राम्रो मानेका छन् तर मतभेद पुरै भेटिएको छैन ।

ओली–दाहालको गला मिल्दा माधव नेपाल फेरि एक्लिए

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपामा एक वर्षदेखि हुँदै आएको नेताहरुबीचको झगडा मिलाउने गरी शुक्रबार स्थायी कमिटिले केही प्रस्ताव पारित गर्‍यो । ती प्रस्तावमा विशेष गरी अध्यक्ष केपी शर्ओमा ली र प्रचण्डबीचको पदीय भागबन्डा मिलाउने मात्र मुख्य कुरा छ ।

त्यस बाहेक अन्य कुराहरु सैद्धान्तिक खालका छन् । महाधिवेशन गर्ने, सरकार सञ्चालन मिलेर गर्ने, पार्टी एकताका काम पुरा गर्ने, कोरोनाविरुद्ध लड्ने, सिमा समस्याको वार्ताबाट समाधान गर्ने, एमसिसी परिमाजर्न सहित पास गर्ने लगायतका बिषयहरु सैद्धान्तिक खालका छन् ।

यति लामो विवादबाट अहिले कसलाई के फाइदा भयो भन्ने हिसाब किताब चलिरहेको छ । यो हिसाब किताबमा ओली र दाहाल फाइदामा छन् । यो प्रकरणमा माधव नेपाल एक्लिएका छन् ।

सुरुमा विवादको सुरुवात ओलीको कार्यशैलीमाथि केन्द्रित थियो । पछि बढ्दै गएर विवादको रुपमा ओलीले दुबै पद छोड्नुपर्ने तर्फ मोडियो । यो कामको मुल नेतृत्व नेपालले गरे । माधव नेपालले पहिले देखिन नै राख्दै आएको असन्तुष्टीमा पछि अध्यक्ष दाहाल मिसिए । दाहाल र नेपाल मिलेर ओलीलाई हटाउन खोजे ।

यसका लागि पार्टीका स्थायी कमिटिका ३२ जना नेताहरुले गुट भेला गरेका थिए । यस्ता भेलाबाट ओली हल्लिएनन् । बरु ओलीले सक्ने भए कारवाही गर भनेर सबैलाई च्यालेन्ज गरे । पार्टी नै फुट्ने सम्मको ओलीले तयारी गरेपछि नेपाल र दाहाल केही पछि हटेर ओलीले एक पद त्यो पनि प्रधानमन्त्रीबाट मात्र राजीनामा दिए हुने सम्मको कुरा गरे । तर पनि ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट कसैले भनेको भरमा राजीनामा नदिने भन्दै बसिरहे । विवाद लामो भएपछि ओली कार्यदल बनाएर विवाद समाधान गर्ने प्रस्ताव बनाइयो । यही प्रस्ताव ओली र दाहालकै केन्द्रित गरेर ल्यायो । त्यसमा माधव नेपाललाई साथ दिंदै आएका नेताहरुले नै कार्यदलमा सहयोग गरे ।

यी घटना क्रममा ओलीले जसरी पनि दुवै पदमा बस्न चाहेका थिए । त्यो चाहना यो बैठकपछि झन् बढी पुरा भएको छ । ओलीको कुनै पनि पद गएन । त्यति ठूलो घेराबन्दीबाट पनि ओलीका दुवै पद सुरक्षित रहे । दाहाल पार्टी भित्र असन्तुष्ट हुनुको मुख्य कारण पार्टी भित्रको कार्यकारी काम गर्न ओलीले दिएनन् भन्ने थियो ।

ओलीले अध्यक्ष दाहाललाई आफ्नो दोस्रो तहको अध्यक्ष भन्ने सम्मको कुरा गरेर करिब अपमान पनि गरेका थिए । त्यसैले दाहालको मुख्य चाहना जसरी पनि आफ्नो कार्यकारी अधिकार लिने भन्ने थियो । यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न समस्या भइरहेका दाहाललाई शुक्रबारबाट पुनः कार्यकारी अध्यक्षको अझै शक्तिशाली अधिकार प्राप्त भएको छ । त्यसैले शुक्रबारबाट सकिएको बैठकबाट दाहालको पनि केही गुमेन, बरु उनले चाहे जस्तै भयो ।

अब सुरुदेखि नै असन्तुष्ट रहेका माधव नेपाल भने अहिले पनि एक्लोमा परेका छन् ।

उनले पार्टी एकतापछि ओली र दाहाल मिल्दै गर्दादेखि पार्टी भित्र विधि पद्धतिको कुरा गरे । उनले एक व्यक्ति एक पद भनेर धेरैपटक पार्टीमा लिखित असहमति पेश गरे । अस्ती ओली विरुद्धको गठबन्धन गर्दा पनि नेपालले दाहालसंग विधि र पद्धति ओलीले मिलेकाले उनी विरुद्ध लाग्नुपर्ने भन्दै आएका थिए ।

तर उनले भनेको विधि पद्धतिको र एक व्यक्ति एक जिम्मेवारी शुक्रबारको बैठकले सम्बोधन गरेन । ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा रहने भए । त्यस्तै प्रदेशहरुमा प्रदेश इन्चार्ज र मुख्य मन्त्रीहरुहरु दोहोर पदमा छन् सरकारको समिक्षा गर्ने नियुक्ति लगायतका बिषयमा छलफल गर्ने भन्ने एजेण्डामा प्रवेश नै नगरी बैठक सकियो ।

नेपालले भन्दै आएका यी कुनै पनि बिषय नेकपा बैठकले सम्बोधन गरेन । यही कारण माधव नेपाल एक्लो जस्तो भएका छन् । त्यसैले उनले शुक्रबारको बैठकमा १७ बुदे आफ्ना मत लिखित रुपमा राखेका छन् । नेपालले आफ्नो १७ हुँदामा धेरैजसो विगतमा पार्टी पद्धति उलंघन गरेका बिषयहरु राखेका छन् ।

पार्टीका विधानका प्रावधानहरु सम्झाएका छन् । एक व्यक्ति एक पद भनेका छन् । बैठकमा नेपालले भनेको कुरामा उनको समूहका मुख्य नेताहरुले पनि उठाएका थिए । ओली र दाहाल पक्षका नेताहरुले चाही यो बिषयलाई छोएनन् ।

नेकपाभित्र अब फेरि ओली र दाहालको एउटा कित्ता र नेपालको अर्को कित्ता छुट्टिएको छ । अहिले पार्टी एक भएकाले यो बिषयलाई सबैले राम्रो मानेका छन् तर मतभेद पुरै भेटिएको छैन ।

सम्बन्धित समाचारहरु