#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31764453974582741810523371766
नेपाल666324291814248061

कर्णाली प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या २,३९५ पुग्यो, संक्रमित कति ?

फाइल फोटो

सुर्खेत ।

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा शनिबार सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका ती सँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या दुई हजार ७७६ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

“आजको रिपोर्ट अनुसार सङ्क्रमित हुनेमा तीन जना थुनुवा, आठ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन्,” उनले भने, “अब सबै क्षेत्रले सरकारले निर्देशन गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्नुको साथै आत्मानुशासित हुन जरुरी छ ।” हरेकले भौतिक दूरी कायम गरेर आफ्ना गतिविधि सञ्चालन गर्न सके सङ्क्रमण कम हुने उनको भनाई थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा सुर्खेतका छ, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक/एकजना रहेका छन् । शनिबार १६ जनाले कोरोना सङ्क्रमण जितेसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल सङ्ख्या दुईहजार ३९५ पुगेको र सक्रिय बिरामीको सङ्ख्या ३७५ जना रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु