मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसन (एमपिआइए) ले बुधबार नेपाल प्रहरी अस्पताललाई ५ हजार थान मास्क तथा ४० थान पिपिइ हस्तान्तरण गरेको छ ।

महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा एशोशिएसनका अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोगस्वरुप सो सामग्री हस्तान्तरण गरेका थिए ।

अध्यक्ष दिपककुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

Logo